८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्‍यो ?

मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्‍यो ?
अ+ अ-

काठमाडौँ । गत वर्ष जस्तै यस वर्ष पनि मनसुनको अन्त्यतिरको भारी वर्षाका कारण काठमाडांै लगायत मधेस र कोशी प्रदेशका जिल्लाहरुमा ठूलो जनधनको क्षति भयो ।

मनसुन बाहिरिने समयमा लगातार दुई वर्ष उही समय र उही प्रकृतिको वर्षाको कारण मुलुकले डुबान, बाढी र पहिरोको सामना गर्नुप¥यो । गत वर्ष जस्तै यस वर्ष पनि मौसम पूर्वानुमानको प्रक्षेपण झन्डै एक साता अघिदेखि नै गरिएको थियो । सम्भावित क्षति न्युनिकरणका लागि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग लगायत सरकारका संयन्त्रहरुको सक्रियता प्रभावकारी देखियो । यस पटक समग्र विपद् व्यवस्थापनमा सरकारका निकायहरुको समन्वय र सहकार्य एकीकृत देखिएको थियो । विपद्पूर्व, विपद्को समयमा र विपद्पछिको प्रतिकार्यका लागि सरकारले देखाएको सक्रियताको प्रशंसा भइरहेको छ ।

यद्यपि जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार काठमाडांैमा वर्षा नभएको र इलाममा पूर्वानुमान भन्दा बढी वर्षा भएर ठूलो मानवीय क्षति भएको सन्दर्भलाई लिएर विभागको पूर्वानुमानमा प्रश्न गरिएको छ । यस सम्बन्धमा विभागले वर्षा गराउने प्रणालीको विस्तृत अध्ययन पछि मात्रै भन्न सकिने बताएको छ ।
त्रिभूवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रिय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलले पानी पार्ने प्रणाली काठमाडौंबाट छिटो मुभ भएका कारण प्रक्षेपण गरे भन्दा कम वर्षा भएको बताउनु भयो । त्यसैगरी इलाममा पनि विभागको फोरकास्टमा ३ घण्टाको फरक देखिएको बताउनु भयो ।

जलवायु विज्ञ डाक्टर सिग्देलले जल तथा मौसम विज्ञान विभागले निकालेको तीनदिने मौसम पूर्वानुमान सटिक भएको भएपनि तीन घण्टाअघि नै मौसमी प्रणाली मध्य नेपालबाट पूर्वतिर सरेको बताउनु भयो । मौसम प्रणालीको अनपेक्षित परिवर्तनले कहिले काहीँ पूर्वानुमान सही नहुने तथा केही तलमाथि पर्नसक्ने उहाँको भनाइ थियो । डाक्टर सिग्देलकाअनुसार विभागले शनिवार, आईतवार र सोमवारको फोरकास्टिङ सार्वजनिक गरेको थियो । उक्त बुलेटिङअनुसार शनिवार काठमाडौंसहितका क्षेत्रमा वर्षा हुने र आईतवार बिहान मात्र मौसमी प्रणाली पूर्वी नेपालमा प्रवेश गर्ने अनुमान गरिएको थियो । डाक्टर सिग्देलले शनिवारदेखि आईतवारसम्म रौतहटको गौर, महेशपुर तथा वीरगञ्ज लगायत क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको बताउनुभयो ।

उहाँले यस पटकको वर्षा प्रणाली ‘डिप्रेशन सिस्टम’मा विकसित भएको साइक्लोनिक सर्कुलेसनसँग सम्बन्धित रहेको उल्लेख गर्दै सो प्रणाली बलियो भएकाले लगातार वर्षा भएको बताउनु भयो । उहाँले तल्लो तह (लोअर लेभल)मा आवश्यक परिमाणको आपूर्ति मध्यम मात्र भएकाले प्रणाली लामो समय स्थिर रहन नसकेको कारण विभागले प्रक्षेपण गरे भन्दा अगाडि नै मौसमी प्रणाली पूर्वी क्षेत्रमा सिफ्ट भएको बताउनु भयो । डेढ किलोमिटर माथिको हावाको तह (लोअर लेभल जेड)मा सुख्खा र चिसो हावाको प्रभाव परेकाले प्रणाली अपेक्षाभन्दा चाँडै पूर्वतिर सरेको उहाँको भनाइ छ । उहाँले मौसमी प्रणालीको निरन्तर निगरानी गरेर सूचनाहरु दिने कार्य भइरहे पनि शनिवार मध्यराति मात्र प्रणाली पूर्व सरेको कारण समयमै सूचना सम्प्रेषण हुन नदेखिएको टिप्पणी गर्नुभयो ।

वार्मर मोइस्चर र कुल ड्राइ एअर आपसमा ठोक्किँदा प्रणाली छिट्टै सरेका कारण विभागको पूर्वानुमानमा थोरै समय फरक परेको र त्यसले विपद् व्यवस्थापनको तयारीमा समेत असर परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘हामीले शनिवार विहानदेखि आईतवार विहानसम्म इलामको हिमाली गाउँ लगायतको क्षेत्रमा धेरै वर्षा हुने भनेर भनेका थियौं । सोहीअनुसार भएको देखिएको छ । शनिवार मध्य नेपालमा वर्षा भइसकेपछि मध्यराति पूर्वतिर सिफ्ट भएको थियो । यसमा विभागले भनेको भन्दा तीन घण्टा अगाडि नै मौसमी प्रणली पूर्वी नेपालमा प्रवेश भयो । प्रारम्भिक अध्ययनका आधाारमा यसको कारण, तल्लो तहमा जुन मोइस्चर सप्लाई गर्नुपर्ने थियो, त्यो मध्यम रुपमा सप्लाई भएको छ । जसको कारण मौसमी प्रणाली धेरै समय त्यहाँ बसेन । अर्को लोअर लेभल जेड (जमिनदेखि डेढ किलोमिटर माथि)को आकासलाई सुख्खा र चिसो हावाले ‘पुस’ गरेको छ । त्यसरी ‘पुस’ गरेको हुनाले त्यो मौसमी प्रणाली चाँडै बाहिरियो । त्यसकारण जल तथा मौसम विज्ञान विभागको फोरकास्टिङभन्दा केही समय (करिव तीन÷चार घण्टा) अगावै पूर्वतिर सिफ्ट भएको देखिन्छ ।

वार्मर मोइस्चियर संग कुल ड्राई इयर ठोक्किदा मौसमी प्रणालीसँग ठोक्किएको हामीले पाएका छौं । त्यसकारण हामीले जति वर्षा काठमाडौं आसपासको क्षेत्रमा आँकलन गरेका थियौं । त्यो पूर्वतिर सिफ्ट भएको आँकलन गरिएको छ । हामीले सर्फेस लेभल र अपर लेभलमा हेर्नुपर्ने हुन्छ । भारतको उडिसा क्षेत्रमा विकसित भएको प्रणाली नेपाल आइपुग्दा डिप्रेसन प्रणालीमा विकसित भएको हो । त्यसकारण मौसमी प्रणाली स्टेबल नभएको कारणले समय समयमा यसको अनुगमन गर्नुपर्ने हुन्छ । अप लेभल सिस्टमले लोअर लेभल सिस्टमलाई कतिको सहयोग गरिरहेको छ भन्ने कुरा पनि हामीले फोरकास्टिङमा राख्नुपर्ने हुन्छ । त्यसकारण नै हामीले पूर्वानुमान गरेको भन्दा केही घण्टा अगाडि पूर्वतिर प्रवेश गरेको हो । हाम्रो पुर्वानुमानमा फरक परेकै कारण विपद् व्यवस्थापनमै पनि असर गर्यो । फोरकास्टिमा नै तीन चार घण्टाको अवधि मिलाउन पाएको भएदेखि त्यस्तो समस्या आउने थिएन । मौसम रातिमा सिफ्ट गरेको कारण विभागले प्रभावकारी अनुगमन गर्न नसकेको पनि हुनसक्छ ।’

जलवायु विज्ञ डाक्टर सिग्देलले जल तथा मौसम विज्ञान विभागको रियल–टाइम अनुगमन प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ऋतुगत मौसम पूर्वानुमान (सिजनल फोरकास्टिङ) स्टाटेस्टिकल, डायनामिकल र हाइब्रिड विधिमा गर्ने विश्वव्यापी प्रचलन छ । नेपालमा स्टाटिस्टिकल मोडेल प्रयोग हुँदै आएको छ । मौसम विज्ञान विभागले ६÷६ घण्टामा मौसम पुर्वानुमानको बुलेटिन निकाल्दै आएको छ । इलामको घटनाबाट गणीतिय मौसम पुर्वानुमान पद्धतिलाई छोटो अवधिमा नै अपडेट गर्नुपर्ने आवश्यकता देखाएको छ । भविष्यमा यो पुर्वानुमानको पद्धतिलाई छोटो बनाउन नसक्ने हो भने छिटफुट यस्ता घटनाका कारण विभागको सूचनामाथिको विश्वसनीयतामा प्रभाव पार्ने देखिन्छ । न्युज एजेन्जी नेपाल