२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराईज बैंकको क्यालेण्डर सार्वजनिक



अ+ अ-

काठमाडौं । पछिल्लो समय सरकारी तथा बैंकिङ क्षेत्रहरुमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेपछि सामाजिक दुरी कायम गर्न र सरकारी निर्णयहरुको पालना गर्न बैंकिङ क्षेत्रहरुले यसलाई प्राथमिकता दिएका छन् । डिजिटल माध्यमबाट गोष्ठि र छलफल मात्रै नभएर औपचारिक कार्यक्रम समेत हुन थालेका छन् । सनराईज बैंकले डिजिटल माध्यमबाट नै शुक्रबार औपचारिक कार्यक्रम गरी वर्ष २०७७ को वार्षिक क्यालेण्डर विमोजन गरेको छ । अहिलेको विषम परिस्थितिमा ‘वर्क फ्रम होम’ लाई प्राथमिकता दिँदै सूचना प्रविधिको क्षेत्रमा कर्मचारीलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ जनकराज पौडेलले बताउनुभयो । आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै सेवा प्रवाहको अभ्यास स्वरुप क्यालेण्डर विमोचनको कार्यक्रम डिजिटल माध्यमबाट गरिएको उहाँले बताउनुभयो ।

औपचारिक कार्यक्रम भएपनि बैंकका सम्पर्ण कर्मचारीहरु आ—आफ्नो ठाउँबाट नै प्रविधिको सहयोगमा जोडिएका थिए । लक डाउनको समयमा प्रविधिको प्रयोग बढ्दो पाइएको छ ।