२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराईज बैंकको क्यालेण्डर सार्वजनिक



अ+ अ-

काठमाडौं । पछिल्लो समय सरकारी तथा बैंकिङ क्षेत्रहरुमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेपछि सामाजिक दुरी कायम गर्न र सरकारी निर्णयहरुको पालना गर्न बैंकिङ क्षेत्रहरुले यसलाई प्राथमिकता दिएका छन् । डिजिटल माध्यमबाट गोष्ठि र छलफल मात्रै नभएर औपचारिक कार्यक्रम समेत हुन थालेका छन् । सनराईज बैंकले डिजिटल माध्यमबाट नै शुक्रबार औपचारिक कार्यक्रम गरी वर्ष २०७७ को वार्षिक क्यालेण्डर विमोजन गरेको छ । अहिलेको विषम परिस्थितिमा ‘वर्क फ्रम होम’ लाई प्राथमिकता दिँदै सूचना प्रविधिको क्षेत्रमा कर्मचारीलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ जनकराज पौडेलले बताउनुभयो । आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै सेवा प्रवाहको अभ्यास स्वरुप क्यालेण्डर विमोचनको कार्यक्रम डिजिटल माध्यमबाट गरिएको उहाँले बताउनुभयो ।

औपचारिक कार्यक्रम भएपनि बैंकका सम्पर्ण कर्मचारीहरु आ—आफ्नो ठाउँबाट नै प्रविधिको सहयोगमा जोडिएका थिए । लक डाउनको समयमा प्रविधिको प्रयोग बढ्दो पाइएको छ ।