१३ असार २०८३, शनिबार
,
Latest
डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट विश्वमा मृत्युको हुनेको संख्या एक लाख नाघ्यो, महामारीको भुङग्रोमा अमेरिका



अ+ अ-

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट १६ लाख ९७ हजार ८०२ जना कोरोना संक्रमित भेटिएका छन् । हालसम्मको तथ्यांक अनुसार विश्वमा एक लाख २ हजार ६९३ जनाको मृत्यु भएको छ । यस्तै, ३ लाख ७६ हजार १८४ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा १८ हजार ७ सय २५ जनाको मृत्यु भएको छ भने ५ लाख २३ हजार १८ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो स्पेन जहाँ १६ हजार ८१ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५८ हजार २ सय ७३ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ३ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ ।

यस्तै, इटालीमा १८ हजार ८ सय ४९, फ्रान्समा १३ हजार १९७, जर्मनीमा २ हजार ७६७, बेलायतमा ८ हजार ९५८, इरानमा ४ हजार २३२, टर्कीमा १ हजार ६, बेल्जीयममा ३ हजार १९, स्वीजरल्याण्डमा १ हजार २, नेदरल्याण्डमा २ अजार ५११, ब्राजिलमा १ हजार ६८ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।