२४ कार्तिक २०८२, सोमबार
,
Latest
दिल्लीमा शक्तिशाली विष्फोट: ८ जनाको मृत्यु, २४ घाइते सञ्चारमन्त्री खरेलद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा चित्रकार प्रधानको एकल चित्रकला प्रदर्शनी स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम जुडो टोली जापान जाँदै प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी आयोगमा



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ ।

मृतकका परिवारमध्ये चार/पाँच जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो ।

उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिनुभयो । गृह मन्त्रालयले यही असोज ९ गते विज्ञप्ति जारी गरी आन्दोलनको अवधिमा भएका घटनाका सम्बन्धमा आयोगले छानबिन गर्ने जनाएको थियो ।

आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उक्त आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ ।