१३ असार २०८३, शनिबार
,
Latest
डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेटिएका छैनन् नयाँ कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ कोरोना संक्रमित नभेटिएको जनाएको छ । कोरोनाबारेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत आइतबारदेखि नयाँ कोरोना संक्रमित नभेटिएको बताए ।

प्रवक्ता देवकोटाले नेपालमा कोरोना संक्रमितहरु अहिलेसम्म भेटिएका ९ जना मात्रै रहेको बताए । ९ जनामध्ये १ जना संक्रमणमुक्त भएका छन् भने अन्य ८ जनाको उपचार भइरहेको छ ।

२ जना काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी, २ जनाको बागलुङको धौलागिरी अस्पताल र अन्य ४ जनाको सेती अस्पतालमा उपचार भइरहेको छ । उनले सबै संक्रमितको स्वास्थ्य स्थिति सामान्य रहेको बताएका छन् ।