२४ कार्तिक २०८२, सोमबार
,
Latest
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

विघटित संसद पुनःस्थापनाको माग जनताको परिवर्तन चाहना विपरीतः प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले पुनः विघटित संसद पुनःस्थापनाको माग जनताको परिवर्तन चाहना विपरीत रहेको बताएका छन् ।

उनले हालको राजनीतिक परिस्थितिमा संसद पुनःस्थापना माग्नु जेनजी आन्दोलनको भावनाको अपमान हुने टिप्पणी गरेका छन् ।

श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, “फेरि पनि कुनै कोणबाट विघटित संसदको पुनःस्थापनाको माग गरिनु जनताको परिवर्तनको चाहना विपरीत र जेनजी विद्रोहको अपमान हुनेछ । यो दुष्कर्ममा कोही नलागुन् ।”

उनले राष्ट्रिय मेलमिलापको नयाँ अध्याय प्रारम्भ गर्न सबै दल र शक्तिहरूलाई आह्वान गरेका छन् । पटक–पटक एउटै परीक्षणबाट फरक परिणाम आउने अपेक्षा गर्नुभन्दा देशको हितका लागि घरेलु शक्तिहरूबीच सहमति र समझदारी जरुरी रहेको उनको भनाई छ ।

उनले भनेका छन्, “ढिलो चाँडो निर्वाचनमा जानु नै छ, त्यसअघि नै नवीन समझदारी सुनिश्चित गरौं। दलभित्र र दल बाहिर नवीन समझदारीको बहस प्रारम्भ गरौं— देशले खोजेको अग्रगमन यही हो ।”