४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जानकी मन्दिरमा १०१ कोसेली अर्पण

जानकी मन्दिरमा १०१ कोसेली अर्पण
अ+ अ-

महेन्द्रनगर । कोजाग्रत पूर्णिमाका अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) ल्याइएको छ ।

महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा परम्परागत रूपमा ल्याइने १०१ कोसेली यसवर्ष पनि अर्पण गरिएको हो । सयौँ वर्षदेखि निरन्तर चलिआएको यस धार्मिक परम्पराअनुसार, आज पनि रतौलीवासीले विविध पूजा सामग्रीसहितको भार मन्दिर ल्याइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामारोशन दास वैष्णवले बताउनुभयो ।

कोजाग्रत पूर्णिमा हिन्दू धर्ममा विशेष महत्व राख्ने रात हो । धार्मिक विश्वासअनुसार, आज राति देवी लक्ष्मीले जाग्राम बसेका भक्तजनलाई धन र समृद्धिको वर्षा गर्छिन् । त्यसैले यो रातलाई ‘अमृत वर्षा’ रातका रूपमा लिने गरिन्छ ।

रतौलीबाट ल्याइएको भार जानकी मन्दिरको विशेष पूजामा समर्पित गरिन्छ । जुन जानकी र रामप्रति भक्तिको प्रतीकका रुपमा लिइन्छ । यस परम्पराले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक ऐक्यबद्धतालाई मजबुत बनाउँदै आएको पण्डित कुशेश्वर उपाध्यायले बताउनुभयो ।

रतौलीका स्व महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको भारबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा छ । भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको कपडा ल्याइन्छ । सो परम्परा सयौँ सालदेखि चल्दै आएको छ ।

भारमा पान, मखन, फलफूल, दही, मिठाइ, सौँफ, मुमफली अनिवार्य हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा लग्नुपर्ने हुन्छ । बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात् चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले आशीर्वाद दिने गर्छन् । यस दिन बेहुलालाई मिथिलाको पाग लगाइ ससुरालीबाट आउने कपडा पहिराउने गरिन्छ ।

बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्म पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आशीर्वाद दिनु हो । चुमाओन विधि सकिएपछि सामूहिक रूपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् । यस अवसरमा मिठाइ, मखन, पान बाँड्नैपर्ने हुन्छ ।

खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौँसट्ठी बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामान दिने चलन छ । आभूषण, औँठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यसदिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरेअनुसार बाँकी दाइजो दिने चलन छ । यसदिन बेहुली पक्षबाट कम्तीमा पाँच देखि ११ वा १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ ।

छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेलीझैँ कोजगरा पर्वमा कोसेली दिने गरिन्छ । मिथिला संस्कृतिअनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पु(याउनुपर्ने हुन्छ ।

जानकी मन्दिरमा महोत्सव

कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष महोत्सवको आयोजना गरिएको छ ।

कोजाग्रत पूर्णिमालाई भव्य बनाउन जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गरिन्छ । प्रत्येक वर्ष उत्सवका बेला हाँस्यपरिहास आयोजना हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।

महोत्सवलाई आकर्षक बनाउन मन्दिरमा भजन कीर्तन आयोजना गरिन्छ । महन्थ वैष्णवकाअनुसार मिथिलानीले आफ्नो ज्वाइँका लागि पनि भार पठाउने गर्छन् । यो परम्परा विगत ११५ वर्षदेखि चल्दै आएको बताइन्छ ।