४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री र तालिम उपलब्ध गराउन सुझाव

विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री र तालिम उपलब्ध गराउन सुझाव
अ+ अ-

काठमाडौँ । विपद् व्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सामग्री र तालिम उपलब्ध गराउन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को वैठकमा विज्ञ सदस्य डा. गंगालाल तुलाधरले उक्त सुझाव दिएको जानकारी दिनुभयो । उहाँले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफूसँग भएको सिमित स्रोत र साधनको बावजुद पनि विपद् व्यवस्थापनको लागि महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आवश्यक चाहिने सम्पूर्ण औजार र समग्री, आवश्यक तालिमलाई समयानुकुल बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सम्पूर्ण शक्ति आफूसँग भएको सिमित स्रोत र साधनको बावजुद पनि जुन तरिकाले उहाँहरु तयारी हालतमा रहनु भयो । त्यसको लागि पनि हामीले स्यालुट गर्नुपर्छ । साथै यो अहिलेको सरकारले र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आवश्यक चाहिने सम्पुर्ण औजार र समाग्रीसहित, आवश्यक तालिमसहित र समयानुकुल त्यसलाई सुसज्जित गराउने कुरामा तपाईहरु लाग्नुस् भन्ने खालको कुरा गरे ।’

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राहत वितरण स्थानीय सरकारको मातहत वितरण गर्नुपर्ने, भत्किएका सडकहरुलाई प्राथमिकतामा राखेर तीनै तहको सरकारले संयुक्त रुपमा निर्माण गर्ने, अस्थायी निवासको लागि पाउने रकम स्थानीय पालिकाको सिफारिसमा वितरण गर्नुपर्ने बताउनु भयो ।

वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपद्को समयमा जतिसक्दो चाँडो भएका क्षतिहरुको यथार्थ विवरण संकलन गर्नुपर्ने बताउनु भयो । उहाँले तीन वटै सरकार मिलेर दु्रत गतिमा जनतालाई सेवा दिने विषय बैठकमा राखेको जानकारी दिनुभयो ।