४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जब पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराए

जब पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराए
अ+ अ-

काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यकक्षमै आफ्ना खुट्टा मालिस गराइरहेको भिडियो सार्वजनिक भएपछि उनीमाथि चर्को आलोचना भएको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा अध्यक्ष चौधरी कार्यालयकै सोफामा सुतेर वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष हरि खंगसँग खुट्टा दबाइरहेका देखिन्छन् । भिडियो असोज ५ गतेको हो ।

भिडियो बाहिरिएपछि अध्यक्ष चौधरीले गाउँपालिकामा तानाशाही र हुकुमी शैलीमा शासन गरिरहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यस्तै गतिविधि लोकतान्त्रिक निकायमा अस्वीकार्य भएको प्रतिक्रिया स्थानीय तहका जनप्रतिनिधिहरूबाट आएको छ ।

घटना यसरी सुरु भयो

कानुनअनुसार १० असारभित्र सम्पन्न हुनुपर्ने गाउँपालिकाको गाउँसभा पटक–पटक सारिँदै असोज ५ मा बोलाइएको थियो । सोही दिन बिहान १० बजे अध्यक्ष चौधरी कार्यालय पुगेका थिए । गाउँसभा सुरु हुनुअघि अन्य वडाध्यक्षहरूसँग नोकझोक भएपछि अध्यक्ष चौधरी रुष्ट भई सोफामा पल्टिएर ‘आज परिषद् हुँदैन’ भनेर अडान लिएका थिए ।

त्यसपछि अन्य वडाध्यक्षहरूले कार्यबाहक वडाध्यक्ष खंगलाई अध्यक्षलाई फकाउन आग्रह गरे । खंगका अनुसार, वडा नम्बर ३ का वडाध्यक्ष गोपालप्रसाद चौधरीले ‘अध्यक्षको हात दुखेको छ, जिउ दबाइदेऊ’ भन्दै जोडबल गरेपछि उनले अनिच्छा हुँदाहुँदै खुट्टा दबाएका थिए ।

‘जनप्रतिनिधि र कर्मचारीले दशैंअघि तलब भत्ता नपाउने डर थियो । त्यसैले परिषद् गर्न अध्यक्षलाई फकाउन दुई मिनेटजति खुट्टा दबाएँ,’ खंगले बताए, ‘मैले गल्ती गरेजस्तो लाग्दैन, म त अनपढ मान्छे हुँ ।’

त्यही क्रममा अन्य वडाध्यक्षहरूले भिडियो खिचेका थिए, जुन पछि सामाजिक सञ्जालमा सार्वजनिक भयो ।

गाउँसभा त्यसै दिन सम्पन्न

वडाध्यक्षहरूको निरन्तर प्रयासपछि अध्यक्ष चौधरीले गाउँसभा सञ्चालन गर्न सहमति जनाए र सोही दिन गाउँसभा सम्पन्न भएको वडा नम्बर ६ का वडाध्यक्ष अशोककुमार आचार्यले बताए ।

‘त्यो घटनाका कारण नै गाउँसभा सम्भव भयो,’ उनले भने, ‘अध्यक्ष र हरिबीच काका–भतिजको सम्बन्धजस्तो व्यवहार हुन्छ, त्यसैले ठूलो विवादको विषय ठान्दिनँ ।’

उपाध्यक्ष कल्पना चौधरीले पनि भिडियो हेरेको बताउँदै भनिन्, ‘किन त्यसो गर्नुभयो, उहाँहरू दुई जनालाई थाहा होला । मैले पनि सामाजिक सञ्जालमा हेरेर थाहा पाएँ ।’

गाउँपालिकामा मिश्रित राजनीतिक परिणाम आएको छ । छ वटा वडामध्ये एमालेले अध्यक्षसहित १ र ५ वडा जितेको छ भने कांग्रेसले उपाध्यक्षसहित वडा नम्बर ३, ४ र ६ जितेको छ । वडा नम्बर २ माओवादी केन्द्रले जितेको हो ।

यसअघि पनि धनुषाको विदेह नगरपालिकाका तत्कालीन मेयर बेचन दासले कार्यालय सहयोगीबाट मालिस गराएको भिडियो सार्वजनिक भएपछि आलोचना खेपेका थिए ।