३० कार्तिक २०८२, आईतवार
,
Latest
संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स ८ घण्टासम्म फोन नछोई सुटिङमा व्यस्त हुने महेशबाबु पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीको फेसबुक अकाउन्ट अचानक गायब



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट अचानक गायब भएको छ ।

प्रधानमन्त्री बनेपछि कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालन गर्दै आएको आधिकारिक फेसबुक अकाउन्ट प्रयोग गर्न अस्वीकार गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री कार्यालयको समन्वयमा नयाँ आधिकारिक अकाउन्ट खोलेर सूचना तथा गतिविधि सार्वजनिक गर्न सुरु गरिएको थियो ।

तर पछिल्लो समय उक्त नयाँ अकाउन्ट पनि चल्न छाडेको र अहिले फेसबुकमा भेटिन नसक्ने अवस्थाको बनेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

कार्यालयका एक अधिकारीका अनुसार सो अकाउन्टमा केही प्रविधिक समस्या आएको हुनसक्ने बताइएको छ । तर अकाउन्ट बन्द भएको वा हटाइएकोबारे औपचारिक जानकारी भने आएको छैन ।

यसअघि प्रधानमन्त्री कार्यालयका आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा पहुँच, व्यवस्थापन र नियन्त्रणसम्बन्धी विवाद अन्य प्रधानमन्त्रीका कार्यकालमा पनि देखा परेका थिए ।