१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा मनाइँदैः १ सय १ पाहुर जानकी मन्दिर ल्याइँदै

मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा मनाइँदैः १ सय १ पाहुर जानकी मन्दिर ल्याइँदै
अ अ+ अ-

मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा आज मनाइँदैछ ।

कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ । महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ । पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता जानकीको कपड़ा ल्याइएको छ । रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा १ सय ५१ वर्षदेखि चल्दै आइरहेको र यो परम्परालाई कहिले टुट्न नदिने प्रतिवद्धता स्थानीय नविन ठाकुरले व्यक्त गर्नुभयो ।

कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको  जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनु भयो ।

यता कोजाग्रत पूर्णिमाका नवविवाहित पुरुष र महिलाका लागि यो पर्व विशेष उत्सवको रुपमा रहन्छ । आजको दिन बेहुलाको घरमा ससुरालीबाट पाहुर आउने गर्दछ । सोही पाहुरले बेहुलाको चुमाओन गरिन्छ । चुमाओन पछि विशेष मन्त्र उच्चारण गर्दै बेहुलालाई दुरवाच्छत दिइने गरिन्छ । त्यसपछि बेहुलाको घरमा भोजभतेरको आयोजना गर्ने गरिन्छ । कोजाग्रत पूर्णिमा दिन मिथिलाञ्चलमा पान मखान गाउँमा बाँड्ने परम्परा समेत रहेको छ ।