१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

प्रदेश सरकारको सक्रियतासँगै खुले हेटौँडा–काठमाडौँ जोड्ने मुख्य वैकल्पिक मार्ग

प्रदेश सरकारको सक्रियतासँगै खुले हेटौँडा–काठमाडौँ जोड्ने मुख्य वैकल्पिक मार्ग
अ अ+ अ-

काठमाडौँ। अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौँडा–काठमाडौँ जोड्ने मुख्य वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन् ।

प्रदेश सरकारको ‘क्विक रेस्पोन्स टिम’ को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाइ यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यकबाहेकका सवारीसाधनलाई तीन दिनसम्म काठमाडौँ प्रवेशमा रोक लगाउने सूचना जारी गरेपछि त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा फाखेल र सिस्नेरीका वैकल्पिक मार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

इन्द्रसरोवर गाउँपालिकाको महालक्ष्मी खोलामा लेदोसहितको पहिरोले फाखेल–काठमाडौँ सडकखण्ड तथा सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो बन्द भएपछि अवरोधहरू हटाएर तत्काल खुलाउन पहल गरिएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटाले बताउनुभयो ।

मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीनकुमार सिंह नेतृत्वको टोलीले स्थानीय प्रशासनसँग समन्वय गरी फाखेल सडकखण्ड तीन घण्टाभित्रै पहिरो पन्छाएर सञ्चालनमा ल्याएको थियो । सिस्नेरी खण्डमा भने वर्षा रोकिएलगत्तै स्काभेटरसहित सुरक्षाकर्मीको टोली परिचालन गरी सडक सञ्चालनमा ल्याइएको छ ।

निर्देशक सिंहका अनुसार सवारी आवागमनमा रोक लगाएको भए पनि केही आकस्मिक अन्तरराष्ट्रिय उडान भर्नुपर्ने १०३ नागरिक तथा पर्यटकहरू सवार १५ वटा सवारीसाधनलाई काठमाडौँ पठाइएको थियो ।

उक्त मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार बाढी पहिरोका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै चार स्थानमा जेसिबी, स्काभेटरलगायत उपकरणसहित टोली तयारी अवस्थामा राखिएको थियो । पूर्वतयारी राम्रो हुँदा सडक अवरोध हटाउन सम्भव भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सम्भावित अवरोधलाई ध्यानमा राख्दै कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी–दक्षिणकाली, मातातीर्थ र भैँसे–भीमफेदी खण्ड गरी चार रणनीतिक स्थानमा आवश्यक उपकरणसहितको ‘क्विक रेस्पोन्स टिम’ लाई ‘स्ट्यान्डबाई’ राखिएको छ । कुनै पनि स्थानमा नयाँ पहिरो वा अवरोध सिर्जना भएमा तत्कालै परिचालन हुनेगरी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । रासस