२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको मौका छोपी काठ तस्करी



अ+ अ-

अत्तरिया । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ । जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया, लम्की र घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका बेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

प्रहरीले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाकाभित्र काठ तस्करी गर्ने व्यक्तिलाई धमाधम पक्राउ गरेर सार्वजनिक गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले सामुदायिक तथा राष्ट्रिय वनबाट अवैधरूपमा काठ तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल परिचालन गरी काठ चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर काठका गोलिया बरामद गरिएको छ ।

प्रहरीले लकडाउन अवधिभर काठ तस्करीमा संलग्न भजनी, गोदावरी, बर्दगोरिया, लम्की, घोडाघोडीलगायतका स्थानीय तहबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद गरिएको काठका गोलिया तथा चिरान गरिएका कडी डिभिजन वन कार्याल पहलमानपुर र धनगढीलाई बुझाएको जनाइएको छ ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले लकडाउनमा भएकाले चोरी तस्करी नियन्त्रणमा समस्या भइरहेको स्वीकार गर्दै प्रतिकूल परिस्थितिका बाबजुदसमेत वन संरक्षणको टोली वन संरक्षणमा सक्रिय रहेको बताए ।