२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको मौका छोपी काठ तस्करी



अ+ अ-

अत्तरिया । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ । जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया, लम्की र घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका बेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

प्रहरीले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाकाभित्र काठ तस्करी गर्ने व्यक्तिलाई धमाधम पक्राउ गरेर सार्वजनिक गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले सामुदायिक तथा राष्ट्रिय वनबाट अवैधरूपमा काठ तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल परिचालन गरी काठ चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर काठका गोलिया बरामद गरिएको छ ।

प्रहरीले लकडाउन अवधिभर काठ तस्करीमा संलग्न भजनी, गोदावरी, बर्दगोरिया, लम्की, घोडाघोडीलगायतका स्थानीय तहबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद गरिएको काठका गोलिया तथा चिरान गरिएका कडी डिभिजन वन कार्याल पहलमानपुर र धनगढीलाई बुझाएको जनाइएको छ ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले लकडाउनमा भएकाले चोरी तस्करी नियन्त्रणमा समस्या भइरहेको स्वीकार गर्दै प्रतिकूल परिस्थितिका बाबजुदसमेत वन संरक्षणको टोली वन संरक्षणमा सक्रिय रहेको बताए ।