८ पुष २०८२, मंगलवार
,
Latest
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह भ्रममा परेर तरंगित नहुन ईश्वरको ओलीलाई सुझाव जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत रवि र बालेन भेट: ५ घण्टा के भयो कुरा ? यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा



अ+ अ-

बागमती । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् ।

सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उहाँको भनाइ छ ।

यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।