१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब बबीको खुट्टा भाँचिएको थियो सन्नीले उनलाई काँधमा बोके…



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता बबी देओल आफ्नो ठूलो दाजु सनी देओललाई धेरै सम्मान र माया गर्छन् । बबीका लागि सनी केवल दाजु मात्र होइनन्, उनी उनका दोश्रो बुबाजस्तै पनि हुन् ।

हालै बबीले रेडियो नशालाई दिएको अन्तर्वार्तामा आफ्नो करियरको सुरुवाती दिनहरूको एउटा घटना स्मरण गरे ।

उनले भने, आफ्नो पहिलो फिल्म ‘बरसात’ को छायांकनको क्रममा उनलाई खुट्टामा गम्भीर चोट लागेको थियो र चोट लागेपछि उनका दाजु सनीले उनलाई आफ्नै काँधमा बोकेका थिए ।

बबीले अन्तर्वार्तामा भने, “मलाई अझै पनि याद छ, इङ्ल्यान्डमा सुटिङ भइरहेको बेला मेरो खुट्टा भाँचिएको थियो । म घोडामा सवार थिएँ, अर्को घोडा आएर मेरो घोडासँग ठोक्कियो । म सन्तुलन गुमाएँ र भुइँमा खसेँ । मैले देखेँ मेरो खुट्टा पूरै टेढो भएको थियो । म उभिन खोज्दा फेरि लडेँ । त्यतिबेला मेरा दाजु सनी त्यहीँ हुनुहुन्थ्यो । उहाँले मलाई काँधमा बोकेर लग्नुभयो ।’ त्यसपछि लण्डनको अस्पतालमा गएर खुट्टाको शल्यक्रिया गराइएको थियो ।

बबीले थपे, “भैयाले मलाई नजिकैको एउटा सानो अस्पताल लगे, त्यसपछि मलाई रातारात एयरलिफ्ट गरेर लण्डन सिटीको अस्पतालमा पुर्‍याइयो, जहाँ मेरो सर्जरी भयो । पछि मात्र मलाई थाहा भयो कि एयरलिफ्ट गर्नुको कारण त्यहाँ (सानो अस्पताल) का डाक्टरहरूले भनेका रहेछन् कि मेरो खुट्टा त्यहाँ बचाउन सकिँदैन ।”

बबीले यो पनि बताए कि अझै पनि उनको खुट्टामा रड र स्क्रू छन् । उनले भने, “यो चोट लागेको ३० वर्षभन्दा बढी भइसकेको छ । अझै पनि मेरो खुट्टामा रड र स्क्रू छन्, जसका कारण दुखाइ हुन्छ । म यो दुखाइमा बानी परिसकेको छु, तर समयमा सर्जरी भएको कारण अहिले म सजिलै हिंड्न सक्छु, दौडन सक्छु, नाच्न सक्छु, उफ्रन सक्छु र एक्शन सीन पनि गर्न सक्छु । यो सबै मेरो दाजुका कारण सम्भव भएको हो, अनि मलाई अरू के चाहिन्छ र ?”