२४ कार्तिक २०८२, सोमबार
,
Latest
हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा उद्धार जारी



अ+ अ-

काठमाडौँ । इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ ।

पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्याइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् ।

झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजके सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङगाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षितस्थानमा राखिएको छ ।