४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

असंवैधानिक शक्ति केन्द्रहरू हावी हुन थाले भने मुलुकको राजनीति धमिलो बन्छः उमेशजंग रायमाझी

असंवैधानिक शक्ति केन्द्रहरू हावी हुन थाले भने मुलुकको राजनीति धमिलो बन्छः उमेशजंग रायमाझी
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझीले आफूहरुले वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले यही असोज २६ गतेदेखि बस्ने काँग्रेस केन्द्रिय समितिको बैठकले पार्टीलाई नयाँ ढंगले परिस्कृत गर्ने निर्णय गर्ने जानकारी दिनुभयो । देश हाल प्रतिकुल र पीडादायी अवस्थामा रहेको बताउँदै उहाँले नयाँ चुनौतीको समाधान गर्न पार्टीलाई नयाँ उर्जा र उत्साहका साथ अगाडी लैजाने बताउनु भयो ।

उहाले जेन—जी आन्दोलनपछि राजनीतिक, सामाजिक र सुरक्षात्मक अवस्थाले मुलुकलाई गम्भीर संकटतर्फ धकेलिरहेको बताउनु भयो । कठिन अवस्थामा देशको जिम्मेवारी मुख्य राजनीतिक दलको रूपमा नेपाली काँग्रेसकै काँधमा आएको उहाँको भनाई छ । काँग्रेस ऐतिहासिक र प्रजातान्त्रिक पार्टी भएकाले वर्तमान संकटको समाधान काँग्रेसले खोज्न सक्नुपर्ने उहाँले बताउनु भयो । यो काँग्रेसको दायित्व पनि रहेको उहाँको भनाई छ । केन्द्रिय समितिको बैठकमा पार्टीको संगठनात्मक संरचना र नीतिगत दिशाबारे गम्भीर छलफल हुने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको यही असोज २६ गते बैठक छ । देश अत्यन्त प्रतिकुल अवस्थामा छ । देश जलेकै छ भन्नुप¥यो । नागरिक मारिएका छन्, युवा, विद्यार्थी, बच्चाहरु मारिएका छन् । राज्यका संयन्त्र, संयन्त्रहरु भत्किएका छन्, जलेका छन् । सुरक्षाकर्मीहरु पनि मारिएका छन्, अरु सर्वसाधारण पनि मारिएका छन् । यो अत्यन्त्र दुःखद् अवस्था छ । नेपाली काँग्रेस चाहीँ मुख्य पार्टी भएको कारणले, मुल पार्टी, ऐतिहासिक, प्रजातान्त्रिक पार्टी भएको कारणले यसको जिम्मेवारी पनि कांग्रेस पार्टीमा बढी छ । उत्पन्न परिस्थितिको समाधान गर्नसक्नु काँग्रेसको, हाम्रो दायित्व हो । २६ गतेको बैठकले नयाँ ढंगले काँग्रेसलाई कसरी परिस्कृत गर्ने, परिमार्जित गर्ने र नयाँ चुनौतीको सामना कसरी गर्ने ? भन्ने कुरामा हामी चिन्तित छौँ । हामी गम्भिर रुपमा छलफल गरिरहेका छौँ । समग्रमा सम्पूर्ण रुपमा वडादेखि केन्द्रसम्म पार्टी संरचनामा हामी परिवर्तन चाहन्छौँ । परिवर्तन गरेर नयाँ ढंगले, नयाँ उर्जा र उत्साहका साथ काँग्रेसलाई अगाडी लैजाने हाम्रो सोच छ । त्यसै अन्तर्गत हामी निर्णय गर्छौँ ।’

बाढी–पहिरोका कारण उत्पन्न विपत्तिप्रति दुःख व्यक्त गर्दै केन्द्रिय सदस्य रायमाझीले सरकारले विपद्मा गरेको कार्यमा धन्यवाद ज्ञापन गर्नुभयो । तर उहाँले सरकार सञ्चालन वैधानिक तरिकाले र वैध नेतृत्वमार्फत हुनुपर्नेमा जोड दिनुभयो । ‘हामी नेपाल’ नामक एक एनजीओका सुधन गुरुङले शनिवार राष्ट्रिय विपद प्राधिकरणको बैठकमा सहभागी भएर उच्च सरकारी अधिकारीहरूसँग लिएको ब्रिफिङदेखि तथ्याङ्क मागेको र निर्देशन दिएकोप्रति लक्षित गर्दै उहाँले संवैधानिक रुपमा सरकार सञ्चालन हुनुपर्नेमा सचेत गराउनुभएको हो । असंवैधानिक शक्ति केन्द्रहरू हावी हुन थाले भने मुलुकको राजनीति धमिलो बन्ने उहाँको भनाई छ । अहिले विपद्को नाममा हस्तक्षेप शुरु भए भविष्यमा विकास, अर्थ, परराष्ट्र र सुरक्षाका नाममा पनि प्रभाव बढ्न सक्नेतर्फ उहाँले सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाढी पहिरोको जुन दुःख छ । यसमा सरकारले जे जति गरिरहेको छ, त्यसको लागि धन्यवाद छ । तर सरकार सञ्चालन चाहीँ वैधानिक तरिकाबाट हुनुपर्छ, वैध मानिसबाट हुनुपर्छ । पञ्चायतको समयमा एउटा भनाई थियो, भूमीगत गिरोह भनेजस्तो । असंवैधानिक शक्ति केन्द्रहरु यदी विस्तारै हावी हुन थाले भने त्यसले मुलुकको राजनितिलाई धमिलो बनाउँछ । अहिले त बाढी पहिरोको नाममा छ, भोलि विकासका नाममा, अर्थका नाममा, परराष्ट्रका नाममा पनि उनीहरुको हस्तक्षेप बढ्न थाल्छ । उनीहरुले आफ्नो भुमिका खोज्न थाल्छन्, सुरक्षाका नाममा । त्यतिबेला राज्य फेलिअर स्टेजमा जान्छ । त्यसैले यो वाट वर्तमान सरकारको नेतृत्व शतर्क हुनुपर्छ, सचेत हुनुपर्छ । यो सरकारलाई हाम्रो शुभकामना छ, यसले आफूले भनेको समयमा निर्वाचन सम्पन्न गरोस् । हामी सरकारलाई सरकारजस्तो भएर निरिह भएर होइन, कसैको कठपुतली भएर होइन, नेपालको सरकार हुँ भन्ने अनुभुतिका साथ काम गर्न पनि शुभकामना दिन चाहन्छु ।’

रायमाझीले वर्तमान सरकारले जिम्मेवार र स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले आफूले तोकेको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने पनि उहाँले बताउनु भयो । उहाँले सरकारलाई निरिह नभई नेपालको सरकार हुँ भन्ने आत्मविश्वासका साथ काम गर्न आग्रह गर्नुभयो ।