२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक पूर्वाधारमन्त्री घिसिङ र गृहमन्त्री अर्याल इलाम जाँदै



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल आज पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न इलाम जाँदै छन् ।

मौसम अनुकूल भएमा मन्त्रीहरु घिसिङ र अर्याल इलाम जाने भएका हुन् । इलाममा हिजो गएको पहिरोमा ३७ जनाको मृत्यु भएको छ ।

शोकाकुल बनेका इलामका जनतालाई भेट गरी त्यहाँको अवस्था बुझ्न मन्त्रीहरु जाने भएका हुन् ।

काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी छ ।

पहिरोले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।