२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि नगरपालिकालाई एक लाख हस्तान्तरण



अ+ अ-

काठमाडौं । देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चन्द्रागिरि नगरपालिकालाई रु एक लाख एक हजार सहयोग रकम हस्तान्तरण गरेको छ । कार्यालयमा आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रामनारायण घिमिरेले चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

नगरपालिकाका नगर प्रमुख गिरीले विपद्मा सबैको साथ र सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘लकडाउन’का कारण समस्यामा पर्ने नगरवासीलाई पारदर्शीरुपमा सो रकम खर्च गरिने उहाँले बताउनुभयो । स्थानीय सरकारको प्रतिनिधि, स्थानीय जनसेवकलगायत सबैले विपद्को समयमा आफूले सक्ने सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले भूकम्प र अहिले लकडाउन भनेकै एकले अर्कालाई सहयोग गर्नुपर्ने समय हो ।”

संस्थाका अध्यक्ष घिमिरेलले नगरपालिकाको पहिलो सहकारीको तर्फबाट सहयोग रहेको रहेको बताउनुभयो । विपत्तिमा परेका समुदायलाई सबैको थोपाथोपा सहयोगले उद्धार हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै सहकारी अभियन्ताले यस्तो अभियानमा साथ र सहयोग गर्न खाँचो छ ।” समाज रूपान्तरणका लागि हरेक वर्ष सीप विकास, लघुवित्त सामाजिक विकासलगायत जनमुखी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले जनाएको छ ।