४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छः मन्त्री घिसिङ

बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छः मन्त्री घिसिङ
अ+ अ-

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरुद्ध सडक छिटो भन्दा छिटो सुचारु गराउने बताउनुभएको छ ।

बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उहाँले स्पष्ट पार्नुभयो । आईतवार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरुद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरुको प्रयोग गर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले अवरुद्ध सडकहरु खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताउनु भयो ।

मन्त्री घिसिङले भन्नुभयो,‘हामी तत्काल अवरुड सडक खोल्नेतिर अगाडि बढछौं । अब मौसम पनि नेपालबाट बाहिरिदैछ । भोलीसम्ममा मौसम पनि क्लिएर हुन्छ भन्ने छ । अब हामी विस्तारै सडकहरु खोल्नेतिर हामी लाग्छौं । पूर्वको सडकहरुमा बढी क्षति भएको छ। विशेष गरेर यो नेपालथोकको सडकलाई पनि हामी तत्कालनै शुरु गरिसकेका छौं विहानदेखि नै । अवरुद्ध ती सडकहरु ३—४ दिन अघि नै खोल्ने गरी इक्वीपमेन्टहरु मोविलाईज गर्ने र बैकल्पिक बाटोहरुलाई पनि सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ । बैकल्पिक बाटोहरु प्रयोग गर्न पनि म अनुरोध गर्दछु केही समयलाई । र यो सडक सञ्जालहरुमा भएको जति पनि क्षतिहरु छन् । त्यसलाई हामी छिटो भन्दा छिटो अगाडि बढाउँछौं । र, बेलीब्रिजहरु केही क्षति भएको छ। त्यसका लागि बेलिब्रिज हामी तत्काल नै जडान गर्नेतिर काम अगाढि बढाउँछौं । र देशभरकै सडकलाई छिटो भन्दा छिटो सुचारु गराउने गरी अगाडि बढछौं ।’

मन्त्री घिसिङले सरकारले क्षति भएका व्रिज तथा बेलिब्रिजहरुको जडान कार्यलाई पनि अघि बढाईसकेको बताउनु भयो ।