३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

पाँच वर्षपछि रिया चक्रवर्तीले आफ्नो राहदानी फिर्ता पाइन्

पाँच वर्षपछि रिया चक्रवर्तीले आफ्नो राहदानी फिर्ता पाइन्
अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई पाँच वर्षपछि उनको पासपोर्ट फिर्ता भएको छ । यो पासपोर्ट उनलाई हालै बम्बई उच्च अदालतले पक्षमा फैसला दिएपछि फिर्ता भएको हो । यो मुद्दा दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणसँग जोडिएको थियो । सुशान्तसँग रिया सम्बन्धमा थिइन् ।

रिया चक्रवर्तीले शुक्रबार इन्स्टाग्राममा एउटा तस्वीर सेयर गरेकी छन्, जसमा उनी एयरपोर्टमा आफ्नो पासपोर्ट हातमा समातेको देखिन्छ ।

उनले लेखेकी छिन्, “पछिल्ला ५ वर्षमा धैर्य नै मेरो पासपोर्ट थियो । अनगिन्ती लडाइँ, अन्तहीन आशा । आज फेरि मेरो पासपोर्ट मेरो हातमा छ । अब म आफ्नो ‘च्याप्टर २’ का लागि तयार छु । सत्यमेव जयते ।”

सुशान्तको मृत्युपछि रियालाई हिरासतमा लिइएको थियो । २०२० सेप्टेम्बरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई ड्रग्स केसमा पक्राउ गरेको थियो । पासपोर्ट बुझाएपछि उनलाई जमानत मिलेको थियो ।

३० सेप्टेम्बरमा बम्बई उच्च अदालतले एनसीबीलाई अभिनेत्रीको पासपोर्ट फिर्ता गर्न आदेश दिएको थियो ।

वकिल अयाज खानमार्फत दायर निवेदनमा रियाले पासपोर्ट बुझाउनु परेकाले आफूले धेरै प्रोजेक्ट गुमाएको र करियरमा ढिलाइ भएको तर्क गरेकी थिइन् ।

मामिलामा रियाका वकिलले अभिनेत्रीले जमानतका सबै सर्तको पालना गरेको र कहिल्यै अदालतको आदेश उल्लङ्घन नगरेको बताएका थिए ।

रिया पक्षबाट भनिएको थियो कि आफ्नो पेशागत कारणले गर्दा उनलाई प्रायः विदेश यात्रा गरेर सुटिङ, अडिसन र मिटिङमा जानुपर्ने हुन्छ । तर एनसीबीले वकिल एस।के। हलवासियामार्फत निवेदनको विरोध गर्दै सेलिब्रिटी भएको कारण विशेष सुविधा दिन नहुने र फरार हुने सम्भावना रहन्छ भन्ने चेतावनी दिएको थियो ।

तर न्यायाधीश नीला गोखलेले यसअघि पनि अन्य आरोपीलाई यस्तै सुविधा दिइएको स्मरण गराउँदै रियाले ट्रायलमा सहयोग गरेको, विदेश गएर सधैं फर्किएको र जमानतका सर्त उल्लङ्घन नगरेको बताइन्। अदालतले मुद्दा टुंगिने बेलासम्म उनको उपलब्धतामाथि शंका गर्ने कुनै कारण नभएको ठहर गरेको थियो ।

उनको निवेदन स्वीकार गर्दै अदालतले भनेको थियो कि रियाले हरेक सुनुवाइमा उपस्थित हुनुपर्नेछ, जबसम्म तल्लो अदालतले छुट दिएको छैन । उनले विदेश यात्रा गर्नुभन्दा कम्तिमा चार दिन अगाडि आफ्नो पूर्ण यात्रा विवरण, होटल र उडान विवरण अभियोजन एजेन्सीलाई उपलब्ध गराउनु पर्नेछ । उनले आफ्नो सम्पर्क नम्बर साझा गर्नुपर्नेछ, आफ्नो फोन सक्रिय राख्नुपर्नेछ र फर्किएपछि अधिकारीहरूलाई सूचित गर्नुपर्नेछ ।