३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

जुबिनको साथीको दाबीः उनलाई म्यानेजर–आयोजकले विष दिएका थिए

जुबिनको साथीको दाबीः उनलाई म्यानेजर–आयोजकले विष दिएका थिए
अ+ अ-

एजेन्सी । भारतीय चर्चित गायक जुबिन गर्गको मृत्यु प्रकरणमा पक्राउ परेका उनका ब्यान्ड साथी (गायक)शेखर ज्योति गोस्वामीले चकित पार्ने खुलासा गरेका छन् ।

शेखरले दाबी गरेका छन् कि गायकका म्यानेजर सिद्धार्थ शर्मा र इभेन्ट आयोजक श्यामकनु महन्तले उनलाई विष खुवाएका थिए । उनीहरूद्वारा हत्यालाई दुर्घटना देखाउने षड्यन्त्र रचिएको थियो ।

शेखर जुबिन गर्गको मृत्युको समयमा सिंगापुरमा उनीसँगै थिए । उनले प्रहरीलाई बताएका अनुसार, म्यानेजर शर्मा प्यान प्यासिफिक होटलमा उनीसँगै बसिरहेका थिए र मृत्यु हुनु अघि उनको व्यवहार अजीब देखिएको थियो ।

शेखरका अनुसार, म्यानेजर शर्माले समुद्रको बीचमा याट (जहाज)को चालकलाई हटाएर नियन्त्रण आफैंले लिए । जुबिन समुद्रमा गइसकेपछि सास फेर्न कठिन भइरहेको थियो । तर पनि शर्मा भनेका थिए– “जाबो दे, जाबो दे” (उनलाई जाने दे)।

यसैबीच, आज गायककी पत्नी गरिमाले जुबिनको पोष्टमार्टम रिपोर्ट पनि प्रहरीलाई फिर्ता दिएकी छन् । उनले भनिन्, यो मेरो निजी कागजात होइन । यसलाई सार्वजनिक गर्ने वा नगर्ने विषय पूरै अनुसन्धान अधिकृतको हातमा हुनुपर्छ ।

गरिमाले स्पष्ट पारिन् कि उनलाई भइरहेको अनुसन्धान प्रक्रियामाथि पूरा विश्वास छ र न्यायिक प्रक्रिया आफ्नै ढंगले अगाडि बढ्न दिन चाहन्छिन् । उनले भनिन्, “मैले आफैंले पनि सोचें र सल्लाह पनि लिएँ । किनभने अनुसन्धान जारी छ, त्यसैले म त्यो रिपोर्टलाई निजी कागजात ठानिनँ । त्यसैले मैले रिपोर्ट अनुसन्धान अधिकृतलाई बुझाएको हुँ । यदि पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्दा अनुसन्धानमा असर पर्छ भने त्यो ठिक हुँदैन । त्यसैले म रिपोर्ट प्रहरीले लिनु उचित ठान्छु ।”

असम सरकारले न्यायिक आयोग गठन गर्ने

असम सरकारले जुबिनको मृत्यु प्रकरणमा न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । यसको अध्यक्षता गुवाहाटी उच्च अदालतका न्यायाधीश सौमित्र सैकियाले गर्नेछन् । मुख्यमन्त्री हेमन्त शर्माले शुक्रबार यसको घोषणा गरेका थिए ।

उनले भनेका थिए, “हामी भोलि आयोग बनाउँछौं । अब हामी सबैलाई अनुरोध गर्छौं, जसको हातमा जुबिन गर्गको मृत्युसम्बन्धी कुनै जानकारी वा भिडियो छ, उनीहरू अगाडि आएर आयोगलाई बयान दिन ।”

स्पेसल इन्भेस्टिगेशन टीमले जानकारी दिएको छ कि हालसम्म जुबिनको मृत्यु प्रकरणमा १० जनाविरुद्ध ६० भन्दा बढी एफआईआर दर्ता गरिएका छन् । गुवाहाटीमा गरिएको दोस्रो पोष्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ । विसेरा नमुना (शरीरका आन्तरिक अंगजस्तै आन्द्रा, कलेजो, मृगौला आदि) को विस्तृत परीक्षणका लागि दिल्लीको सेन्ट्रल फोरेन्सिक ल्याब पठाइएको छ । विसेरा रिपोर्ट आएपछि अन्तिम पोष्टमार्टम रिपोर्ट तयार हुनेछ ।

जुबिन गर्गको निधन

जुबिन गर्गको निधन सिंगापुरमा १९ सेप्टेम्बरमा भएको थियो । उनी २० सेप्टेम्बरमा हुन लागेको नर्थ इष्ट इन्डिया फेस्टिभलका लागि सिंगापुर गएका थिए । त्यहाँ उनले वाटर एड्भेन्चर गतिविधिमा भाग लिएका थिए । त्यतिबेला दाबी गरिएको थियो कि उनको मृत्यु स्कुबा डाइभिङको क्रममा दुर्घटनामा भएको हो ।

जुबिन गर्गको जीवन

जुबिनको जन्म १८ नोभेम्बर १९७२ मा असमको तिनसुकिया जिल्लामा भएको थियो । उनी असमिया र हिन्दी चलचित्र उद्योगमा गायक, संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा सक्रिय रहे ।

उनले असमिया, हिन्दी, बङ्गाली, अंग्रेजी लगायत बिष्णुप्रिया मणिपुरी, बोरो, गोलपारिया, कन्नड, कार्बी, खासी, मलयालम, मराठी, मिसिङ, नेपाली, उड़िया, संस्कृत, सिन्धी, तमिल, तेलुगु, तिवा लगायत ४० भाषा र बोलिमा ३८ हजारभन्दा बढी गीत गाएका थिए ।

जुबिन असमका सर्वाधिक पारिश्रमिक लिने गायक थिए ।