१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

लकडाउन उल्लंघन गर्ने ३ सयलाई सडकमा उभ्याइयो

लकडाउन उल्लंघन गर्ने ३ सयलाई सडकमा उभ्याइयो
अ अ+ अ-

इटहरी । लकडाउको विभिन्न बहाना बनाएर इटहरीमा हिंड्ने क्रम नरोकिएपछि इटहरी प्रहरीले नयाँ कदम चालेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीका अनुसार लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले उभ्याएर कारबाही सुरु गरेको हो । ‘हामीले आज आइतबार मात्रै तीन सय तीन जनालाई पक्राउ गरी उभ्याएर कारबाही गर्यौं,’ भण्डारीले टेलिफोनमा भने, ‘इटहरीका भित्री सडकखण्डमा विशेषगरी काम बिना नै मानिस हिँड्ने गरेको पाइएको छ, हामी निरन्तर खटिरहेका छौं ।’ सर्वसाधारण मानिसले प्रशासनको फाइदाका लागि लकडाउन गरेकोे बुझ्ने उनले बताए । ‘कसरी सम्झाउँने समस्या छ,’ उनले भने, ‘हामीले दुई घण्टासम्म त उभ्याएर सचेत गराउँछौं, उहाँहरू बुझ्नुहुन्न ।’

मोटरसाइकल समेत नियन्त्रणमा लिएकाले लकडाउनपछि मात्रै दिने डीएसपी भण्डारीले बताए । ‘हामीले आज मात्रै ८ वटा मोटरसाइकल नियन्त्रणमा लियौं, तरहरा क्षेत्रमा मात्रै हिजो २४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको अवस्था छ,’ उनले भने, ‘अस्ति/अस्तिका मोटरसाइकल नियन्त्रणमा लिएका कारण आजबाट केही कम भएको छ, हामी अब लकडाउन पछि मात्रै यी मोटरसाइकल फिर्ता गर्छौं ।’

यसअघि इटहरी प्रहरीले लकडाउन पालना नगर्नेलाई नियन्त्रणमा लिन मेन क्याच डिभाइस तयार पारेको थियो भने इटहरी क्षेत्रमा कोरोनाबाट बच्न घर बाहिर ननिस्कने सन्देशसहितको गीतमार्फत सचेतना जगाउने काम गरिँदै आएको छ । यस्तै, छिमेकी नगर धरानमा भने लकडाउन उल्लंघन गर्नेलाई इलाका प्रहरी धरानले धरानको पब्लिक स्कुलमा राख्ने गरेको छ । लकडाउन उल्लंघन गर्नेहरूलाई चौरीमा राखेर सचेत गराई घर पठाउँने गरिएको धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । राजधानी दैनिक