२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन उल्लंघन गर्ने ३ सयलाई सडकमा उभ्याइयो



अ+ अ-

इटहरी । लकडाउको विभिन्न बहाना बनाएर इटहरीमा हिंड्ने क्रम नरोकिएपछि इटहरी प्रहरीले नयाँ कदम चालेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीका अनुसार लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले उभ्याएर कारबाही सुरु गरेको हो । ‘हामीले आज आइतबार मात्रै तीन सय तीन जनालाई पक्राउ गरी उभ्याएर कारबाही गर्यौं,’ भण्डारीले टेलिफोनमा भने, ‘इटहरीका भित्री सडकखण्डमा विशेषगरी काम बिना नै मानिस हिँड्ने गरेको पाइएको छ, हामी निरन्तर खटिरहेका छौं ।’ सर्वसाधारण मानिसले प्रशासनको फाइदाका लागि लकडाउन गरेकोे बुझ्ने उनले बताए । ‘कसरी सम्झाउँने समस्या छ,’ उनले भने, ‘हामीले दुई घण्टासम्म त उभ्याएर सचेत गराउँछौं, उहाँहरू बुझ्नुहुन्न ।’

मोटरसाइकल समेत नियन्त्रणमा लिएकाले लकडाउनपछि मात्रै दिने डीएसपी भण्डारीले बताए । ‘हामीले आज मात्रै ८ वटा मोटरसाइकल नियन्त्रणमा लियौं, तरहरा क्षेत्रमा मात्रै हिजो २४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको अवस्था छ,’ उनले भने, ‘अस्ति/अस्तिका मोटरसाइकल नियन्त्रणमा लिएका कारण आजबाट केही कम भएको छ, हामी अब लकडाउन पछि मात्रै यी मोटरसाइकल फिर्ता गर्छौं ।’

यसअघि इटहरी प्रहरीले लकडाउन पालना नगर्नेलाई नियन्त्रणमा लिन मेन क्याच डिभाइस तयार पारेको थियो भने इटहरी क्षेत्रमा कोरोनाबाट बच्न घर बाहिर ननिस्कने सन्देशसहितको गीतमार्फत सचेतना जगाउने काम गरिँदै आएको छ । यस्तै, छिमेकी नगर धरानमा भने लकडाउन उल्लंघन गर्नेलाई इलाका प्रहरी धरानले धरानको पब्लिक स्कुलमा राख्ने गरेको छ । लकडाउन उल्लंघन गर्नेहरूलाई चौरीमा राखेर सचेत गराई घर पठाउँने गरिएको धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । राजधानी दैनिक