१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो



अ+ अ-

काठमाडौँ । इलाममा गएको राति परेको लगातार वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या २१ पुगेको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । अझै केही व्यक्ति हराइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

माङ्सेबुङ गाउँपालिका क्षेत्रमा पहिरोमा फसेकी एक गर्भवती महिलाको उद्धार नेपाली सेनाको हेलिकप्टरमार्फत गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुनिता नेपालले बताइन् ।

पहिरोका कारण मेची राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका कारण घाइतेलाई उपचारका लागि अस्पताल पुर्याउन कठिनाइ भएको र त्यसैले हेलिकप्टर तैनाथ गरिएको हो ।

सूर्यदय नगरपालिका, माइ जोगमाई नगरपालिका, माङ्सेबुङ लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ । पहिरोले दर्जनौँ घर पुरिएका छन् भने स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासी परिचालित छन् । प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेकाले उद्धारमा थप चुनौती थपिएको छ ।