२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकोप्टरबाट सुत्केरीको उद्धार



अ+ अ-

बाजुरा । जिल्लाको स्वामिकार्तिक गाँउपालिका– १, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

फाइल तस्विर

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा सो उद्धार गरिएको हो । गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले सुत्केरीलाई बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जनाए ।

आइतबार बिहान घरमै एक बच्चा जन्माएकी बिकको पेटमा अर्को बच्चा पनि हुन सक्ने साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकको भनाइ छ । जिल्लामा अत्याधिक रक्तस्रावका कारण यसअघि पाँच जना सुत्केरीको मृत्यु भइसकेको छ ।