१३ असार २०८३, शनिबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकोप्टरबाट सुत्केरीको उद्धार



अ+ अ-

बाजुरा । जिल्लाको स्वामिकार्तिक गाँउपालिका– १, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

फाइल तस्विर

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा सो उद्धार गरिएको हो । गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले सुत्केरीलाई बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जनाए ।

आइतबार बिहान घरमै एक बच्चा जन्माएकी बिकको पेटमा अर्को बच्चा पनि हुन सक्ने साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकको भनाइ छ । जिल्लामा अत्याधिक रक्तस्रावका कारण यसअघि पाँच जना सुत्केरीको मृत्यु भइसकेको छ ।