२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीको निर्देशनपछि लकडाउनमा झनै कडाइ



अ+ अ-

भारतबाट आएर बीरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लकडाउनलाई अझ कडाइ गरिने बताएका छन् । मुख्यमन्त्री राउतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन काम शुरु गरिसकेको जानकरी दिए ।

उनले भारतबाट आएका जमाती केही समय अगाडि नै आएकाले त्यस्ता व्यक्ति अरु पनि हुन सक्ने भएकाले खोज्ने काम भइरहेको जानकारी दिए ।

यस विषयमा मुख्यमन्त्री राउतले आइतबार गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए ।