पाँचथर । अविरल वर्षाका कारण पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । मेची राजमार्गसहित विभिन्न राजमार्गमा पहिरो गएको छ ।
मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै २० भन्दा धेरै ठाउँमा पहिरो गएको छ ।
राजमार्गअन्तगर्त पाँचथर खण्डमा पर्ने फाल्गुनन्द ३ रमाइलो चोक,चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्कमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यसैगरी इलाम खण्डको माइखोला, राजदुवाली र बिव्ल्याटे खण्डमा पनि विभिन्न ठाउँमा पहिरो गएका कारण सडक अबरुद्ध छ ।
माइ खोलामा आएको बाढीले इलामस्थित माइखोलाको बेलिब्रिजमा क्षति पुग्नका मेची राजमार्गको विकल्पका रुपमा उपभोग गरिँदै आएको कञ्चनजंघा केचना सडकको पक्की पुलमा पनि बाढीले क्षति पुर्याएको छ ।
यस्तै इलाम र पाँचथरका भित्रि सडकका विभिन्न ठाउँमा पहिरो गएको छ ।
केही पक्की पुल र झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
यता तमोर करिडोर पनि बाढी र पहिरोका कारण अवरुद्व भएको छ । झरीसँगै खोलामा पानीको वहाव वढ्दा यस करिडोरको नावा खोलामा यातायात अवरुद्व छ । सोही सडकको उक्त सडकका समेत विभिन्न स्थानमा पहिरो झरेको छ । यस्तै मध्य पहाडी राजमार्ग अन्तरगत पाँचथरको याङवरक ३ मा पर्ने रिजाल भिरमा पनि पहिरो गएर सडक अवरुद्व भएको प्रहरीले जनाएको छ ।










