१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहनेछ आजको मौसम



अ+ अ-

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार सोमबार देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमि वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भू–भागमा आंशिक बदली रहेको जानकारी दिएको छ ।

यसैगरी, पूर्वानुमानमा उल्लेख भएअनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन, हावाहुरी रचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशको पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमानले जनाएको छ ।