२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धार तथा राहतमा जुट्न राप्रपा अध्यक्ष लिङ्देनको आह्वान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रकोप पीडित नागरिकको उद्धार कार्यमा सक्रिय रुपमा जुट्न सबै तहका नेता, कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले आज एक विज्ञप्ति जारी गर्दे यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ- प्राकृतिक विपदको यस घडीमा सबै तहका सरकारको प्रभावकारी उपस्थिति र सक्रियता अपेक्षित रहन्छ। बाढी, पहिरो र डुवानबाट पीडित नागरिकलाई उद्धार, पुनस्स्थापना एवं उपचारको व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउॅदछ। साथै, अबिरल वर्षाले पुऱ्याउन सक्ने सम्भावित क्षतिप्रति चनाखो रहन, सुरक्षित रहन र सुरक्षाका उपायहरु अपनाउन जनसमुदायमा अपील गर्दछु ।

बिज्ञप्तिमा भनिएको छ -अबिरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षातबाट पुग्न गएको जनधनको क्षतिप्रति गहिरो दु:ख प्रकट गर्दछु ।