२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धार तथा राहतमा जुट्न राप्रपा अध्यक्ष लिङ्देनको आह्वान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रकोप पीडित नागरिकको उद्धार कार्यमा सक्रिय रुपमा जुट्न सबै तहका नेता, कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले आज एक विज्ञप्ति जारी गर्दे यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ- प्राकृतिक विपदको यस घडीमा सबै तहका सरकारको प्रभावकारी उपस्थिति र सक्रियता अपेक्षित रहन्छ। बाढी, पहिरो र डुवानबाट पीडित नागरिकलाई उद्धार, पुनस्स्थापना एवं उपचारको व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउॅदछ। साथै, अबिरल वर्षाले पुऱ्याउन सक्ने सम्भावित क्षतिप्रति चनाखो रहन, सुरक्षित रहन र सुरक्षाका उपायहरु अपनाउन जनसमुदायमा अपील गर्दछु ।

बिज्ञप्तिमा भनिएको छ -अबिरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षातबाट पुग्न गएको जनधनको क्षतिप्रति गहिरो दु:ख प्रकट गर्दछु ।