१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

नयाँ वर्ष तथा जुडशीतल पर्व-२०७७ को उपलक्ष्यमा मुख्यमन्त्री राउतद्वारा शुभकामना

नयाँ वर्ष तथा जुडशीतल पर्व-२०७७ को उपलक्ष्यमा मुख्यमन्त्री राउतद्वारा शुभकामना
अ अ+ अ-

जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्ष, २०७७ तथा जुडशीतल पर्वको उपलक्ष्यमा प्रदेशवासीको दीर्घायु, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गर्नुभएको छ ।

नयाँ वर्षको अवसरमा आज भिडियो सन्देशमार्फत मुख्यमन्त्री राउतले विश्वव्यापी कोरोना भाइरसका कारण नयाँ वर्ष तथा जुडशीतल पर्व विगतका वर्ष झैं खुलेर मनाउने अवस्था नरहेकाले आ–आफ्ना घरमै बसेर लकडाउनलाई पूर्ण पालना गरी पर्व मनाउन आह्वान गर्नुभएको हो ।

यस महामारीबाट बच्नका लागि सशक्त रुपमा लकडाउनका पालना गरी आपूmलाई सुरक्षित राखौँ र सामाजिक दूरी कायम गरेर महामारीलाई नियन्त्रण गर्नेतर्फ सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राउतले सबैको सहयोग, सकारात्मक सोच र जिम्मेवार नागरिकका रुपमा मिलेर अगाडि बढ्यो भने सीमित साधनस्रोतमा पनि निश्चित रुपमा कोरोना भाइरसमाथि नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस समयमा लकडाउनलाई पालना गराउन अहोरात्र खटिरहनुभएका सुरक्षाकर्मी, उपचारमा संलग्न स्वास्थ्यकर्मी र कोरोनाको सन्दर्भमा सञ्चारमाध्यमबाट सचेतना फैलाउनु हुने पत्रकार, प्रदेश सरकारका मन्त्री, मन्त्रालयका सचिव, कर्मचारीलगायत महत्वपूर्ण भूमिका खेलिराख्नु भएका सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कोरोना भाइरसको परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको र केही दिनभित्रै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पनि प्रयोगशाला स्थापना हुने जानकारी दिदैं मुख्यमन्त्री राउतले राजविराजमा कोरोना जाँच्ने मेशिन पिसिआर जडान हुने र महोत्तरीको जलेश्वर तथा वाराको कलैया अस्पतालको स्तरोन्नतिको कार्य अगाडि बढाइएको बताउनुभयो ।

वीरगञ्जमा तीनजना कोरोना भाइरस सङ्क्रमित फेलापरेपछि प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्दै उहाँले यस विषयमा गृहमन्त्री, स्वास्थ्यमन्त्रीका साथै स्थानीय प्रशासन र महानगरपालिका वीरगञ्जका प्रमुखलगायतसँग आपूm नियमित रुपमा सम्पर्कमा रहेको जानकारी गराउनुभयो ।

मुख्यमन्त्री राउतले कोरोना भाइरसको अवस्थालाई आँकलन गरी प्रदेश सरकारले शुरुमै स्वास्थ्य क्षेत्रमा कार्य गर्नका लागि अस्पताललाई आर्थिक सहयोग गरेको उल्लेख गर्दै लकडाउनको कारण ‘कोही पनि भोकै नरहोस्, कोही भोकको कारण नमरोस्’ तर्फ प्रदेश सरकार सचेत रहेको जानकारी गराउनुभयो ।

उहाँले कृषि मजदूर र विपन्न परिवारलाई राहत उपलब्ध गराउनका लागि प्रदेश सरकारले गाउँपालिकालाई रु १० लाख, नगरपालिकालाई रु १५ लाख, उपमहानगरपालिकालाई रु २० लाख र महागरपालिकालाई रु २५ लाख पठाएको रकमबाट वडामा रकमका साथै खाद्य सामग्री वितरण भइरहेको जानकारी गराउनुभयो ।

उहाँले लकडाउनका कारण मारमा परेका तरकारी, दूधलगायत कृषिजन्य उत्पादक किसानका लागि पनि राहतको व्यवस्था सरकारले गरेको बताउनुभयो ।