२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च सतर्कता र मनोबलका साथ अनुशासनको पालना गर्न मुख्यमन्त्री राईको आग्रह



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का अवसरमा सन्देश दिँदै मुख्यमन्त्री राईले हाम्रो सुन्दर जीवन रक्षाका लागि लकडाउनको कुनै विकल्प नभएको स्पष्ट गर्नुभएको छ ।

आज बिहान ८ बजे दिनुभएको सन्देशमा उहाँले भन्नुभएको छ, ‘भारतमा बढ्न सक्ने सम्भावित सङ्क्रमण र हाम्रो खुला सीमाहरुका कारण हामीले उच्च सर्तकता अपनाउनु पर्नेछ । कुनै पनि नाम वा बहानामा हाम्रो दक्षिणतर्फको नाकाहरुबाट हुन सक्ने आवागमनलाई कडाइ गर्नुपर्नेछ । यो नै हाम्रो यस प्रदेशको सुरक्षाको मूल कडी हो ।’

सामाजिक दूरीलाई कायम राखेर अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन, केही लक्षण र आशंका भए तत्काल स्वास्थ्य परीक्षण गर्न र होमक्वारेन्टाइनमा बस्न तथा थप समस्या देखिए अन्य क्वारेन्टाइन र आइसोलेशनमा बस्न प्रदेशवासीमा उहाँले आग्रह गर्नुभएको छ ।

प्रदेशका सबै दल एकजुट र एकमत भएर कोरोना भाइरसको नियन्त्रणका लागि जुटेकाले नै महामारी नियन्त्रणका लागि सरकारलाई थप टेवा पुगेको बताउँदै उहाँले आगामी दिनमा पनि यस्तो सम्झदारी र एकता निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको छ ।