२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

६५ वर्षीया बृद्धामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३ पुग्यो



अ+ अ-

धनगढी । वीरगञ्ज नाकामा चिया पसल गर्दै आएकी कैलाली लम्कीकी ६५ वर्षीया बृद्धामा कोरोनाको संक्रमण भेटिएको छ । चैत १७ गते लम्की आएकी उनीलाई कोरोना संकमण भएको हो ।

स्थानीय जनप्रतिनिधिले उनीहरूलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेकाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । र, रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो । संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् ।

तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।

नेपालमा कोरोनाम संक्रमितको संख्या यो संगै १३ पुगेको छ ।