४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षासँगै बढ्न थाल्यो उपत्यकाका नदीमा पानीको बहाव



अ+ अ-

काठमाडौं । शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण कारण वागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ ।

शनिवार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोवास गर्नेहरुलाई शतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

साथै लामो दूरीका यातायात बन्द गरेको छ । तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकहरुलाई आग्रह गरेको छ । बारा, पर्सा, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा अत्याधिक वर्षा भइरहेको छ ।

वर्षा अब पूर्वी क्षेत्रमा सर्ने भएकाले पूर्वतिर शतर्कता अपनाउन आग्रह गरिएको छ ।