१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

विशेष सम्पादकीय : स्वागतम् सतहत्तर साललाई !

विशेष सम्पादकीय : स्वागतम् सतहत्तर साललाई !
अ अ+ अ-

कोभिड १९ को कहरका बीच नेपाल र संसारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले नेपाली पन र नेपाली मनको नयाँ वर्ष विसं २०७७ साललाई स्वागत गरेका छन् । यस नयाँ वर्षको स्वागतका लागि सारा नेपाली नागरिकले कोभिड १९ को त्रासबाट छिट्टै मुक्ति पाउने नयाँ आशाका साथ कामना पनि गरिरहेका छन् । त्यसैले यस वर्षको आगमन यसअघिका वर्षहरुभन्दा विशेष फरक र आफ्नोपनमा बढी भावपूर्ण देखिन्छ । आशा गरौँ सबै नेपाली नागरिकले कामना गरेजस्तै भगवान श्रीपशुपतिनाथले हामीलाई पनि यो कोरोनाको कहरबाट मुक्ति पाउने शक्ति प्रदान गर्न सकुन् । हाम्रो पनि नयाँ वर्षको धेरै शुभकामना छ ।

विसं २०७६ को स्वागत गर्दा आजको नयाँ वर्षको स्वागत गर्दाजस्तो हालत नेपाली नागरिकको थिएन । त्यसताका वर्तमान सरकारले धेरै आशा र अपेक्षाहरु बाँडेको थियो । रेल, तेल, समृद्धि उन्नति धेरै आशा बाँडेको थियो सरकारले । वर्तमान प्रधानमन्त्री केपी ओली आफ्ना यी महंगा नाराहरुको सस्तोमा प्रचार गरिरहेका थिए । तर उनले भनेजस्तो रहेन ७६ साल । जसरी उनले सरकारको समृद्धिको प्रचारमा अघिल्लो वर्ष खर्चिए त्यो भन्दा पनि हास्यास्पद कुरा के रह्यो भने उनी नै भ्रष्टाचारको काण्डैकाण्डले घेरिए । अनगिन्ती प्रश्नहरु सरकारमाथि उठे जसको जवाफ सरकारले अहिलेसम्म दिन सकिरहेको छैन । सुनकाण्ड, एनसेल काण्ड, मिडिया काउन्सिल गुठी लगायतका विधेयक काण्ड, निर्मला हत्या काण्ड, महरा काण्ड, एमसीसी काण्ड, गोकुला बाँस्कोटा घुस काण्ड लगायतका काण्डैकाण्ड । वर्षको उत्तररार्धतिर आएर स्वास्थ्य सामग्री खरिद काण्ड । यी काण्डैकाण्डले स्वयं प्रधानमन्त्री यसरी घेरिए कि सबैको बचाउमा नै उनै लाग्नुपर्यो । निर्मलाका हत्यारा पत्ता लगाउन नसकेको प्रश्नको तारो प्रधानमन्त्रीमै नेर्सियो भने महरा काण्डमा पनि संसदमा एमसीसी पेस नगरेको सानो निहूँमा प्रधानमन्त्रीले यति ठूलो बदला लिए भनेर स्वयं नेकपाभित्रका पूर्व माओवादीहरुले दोषारोपण गरे ।

७० करोड घुस काण्डमा एक किसीमले सप्रमाण सार्वजनिक भएका गोकुल बाँस्कोटालाई ओलीले नै नेपालका सबै नेताहरुलाई अर्काेपट्टिी राख्दा पनि बराबर जोख्ने तुलो पाएनन् । जसका कारण उनलाई सरकारबाट ननिकाल्ने गतिलो निउँ ओलीले पाएनन् । पछिल्लो काण्ड औषधि खरिदमा पनि उनलाई त्यस्तै गलपासो भएको छ । यसैगरी बसुन् भने मिडिया र सामाजिक सञ्जालले दिनदिनै नयाँ नयाँ प्रमाणहरु पेश गरेर प्रधानमन्त्रीमाथि प्रश्न ठड्याएको छ निकालुन् भने महामरीको बेलामा नागरिकलाई किनेको दबाईमा पनि भ्रष्टाचार गरेको सत्य ठहरिँदा यो सरकारको यो भन्दा अर्काे अक्षम्य अपराध कुनै पाइनेछैन । जसका कारण उनी इश्वर पोखरेल र भानुभक्त ढकालको बचाउ गरेरै बस्नुपर्ने बदनामित बाध्यता आइलागेको छ ।

यस्तै निराशाबीच हामीले नयाँ वर्षलाई स्वागत गरेका छौँ । तर यतिबेला हाम्रासामु मानवनिर्मित अथवा सरकारद्धारा निर्मित यसअघिका चुनौतीहरुभन्दा बेग्लै देवी विपत्तिले घेरेको छ । कोरोनाको कहरले लकडाउनका कारण समग्र देशबासीहरु घरभित्रै थुनिएको आज २० दिन भएको छ । तर हप्तैपिच्छे नयाँ नयाँ विरामी देखिँदैछन् । हाम्रो उत्तरी छिमेकी करिब साढे दुई महिना लामो कोरोना कहरबाट भर्खरै तङ्ग्रिएको छ भने दक्षिणतर्फ अब त्यो कहर सर्ने नराम्रो संकेत मिल्दैछ । उत्तरभन्दा दक्षिणी छिमेकीसँगको सम्बन्ध र सम्वेदनशीलता बढ्ता छ । किनभने हाम्रो ९० प्रतिशत भन्दा बढी निर्भरता उसँग छ । यसरी दक्षिणी छिमेक भारतमा आजका मितिसम्म आइपुग्दा कोभिड १९ का विरामी ९ हजारको हाराहारीमा देखिइसकेका छन् । बढी सम्बन्ध र सम्वेदनशीलताका कारण यसबाट हामीपनि प्रभावित हुने निश्चितै छ ।

चीनको वुहानजस्तो कुनाबाट इटालीको बाटो युरोप उक्लिएर सारा संसार विचरण गरिरहेको यो जीवाणुले हाम्रो दक्षिणतर्फको खुला सिमानाको फाइदा अझ प्रभावकारी रुपमा उठाउने हो कि भन्ने त्रास यतिखेर हामी नेपालीको मनमा भरिएको छ । त्यसैले पनि आज हामी नयाँ वर्षको पूर्वसन्ध्यामा बढी त्रसित छौँ अनि संसारभर छरिएर रहेका नेपालीहरुको भोलिको अवस्था कस्तो होला भनेर बढी चिन्तित र भावुक पनि छौँ । त्यसैले यस्तो बेलामा भाोलिका लागि एक भएर यो दैवी विपत्तिको सामना गर्न हामी सबै नेपालीलाई यस वर्षले बल प्रदान गरोस् भनी हामी कामना गर्दछौँ । यो सतहत्तर साललाई हामी सबैले कोरोनाका कहरबाट मुक्ति पाउँदै सुख, शान्ति, समृद्धि र उन्नतिको मार्गमा अघि बढ्न सकौँ हाम्रो कामना छ । विगतमा जेजस्तो भए पनि सरकारले यसवर्ष यसतर्फ गम्भीर बनोस्, यो दैवी विपत्तिका विरुद्धमा लड्न सरकारले संसारमा रहेका नेपालीको साथ पाउन सकोस् र अघिल्ला वर्षहरुमा फगत नाराका रुपमा मात्र घन्काइएका समृद्धिका सपनाहरु अब विपनामै प्रकट होउन् । यस थर्ड पोल ग्रुप समग्र परिवारका तर्फबाट सबैलाई नयाँ वर्षको शुभकामना ।