काठमाडौँ । देशैभरि अविरल वर्षा जारी रहेकोले प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले दुई दिन बिदा दिएको छ ।
भोलि आइतबारदेखि कार्यालय खुल्ने भए पनि बर्षाका कारण सरकारले सोमबारसम्म सार्बजनिक विदा दिएको हो ।
अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै जोखिम नहोस् भनेर सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।










