१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

खाद्य आपूर्ति एवं राहत वितरण सहज बनाउन पोर्टल सेवा

खाद्य आपूर्ति एवं राहत वितरण सहज बनाउन पोर्टल सेवा
फाइल फाेटाे
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमा खाद्य आपूर्ति सहज तथा राहत वितरणलाई सहज, छिटो र छरितो बनाउने लक्ष्यका साथ विद्युतीय पोर्टल सेवा सञ्चालनमा ल्याएको छ ।

सङ्कटका बेला सार्वजनिक सेवालाई अनलाइनमार्फत सहज तथा छिटो र छरितो बनाउन आजदेखि विद्युतीय पोर्टल सेवा सञ्चालनमा ल्याएको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण घटेका घटनाहरुको नियमित सूचना सङ्कलन र विश्लेषणलाई मध्येनजर गर्दै दैनिक अत्यावश्यक उपभोग्य बस्तुको सहज आपूर्ति तथा गुणस्तरसम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षणलाई महत्व दिएर उक्त सेवा शुरु गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनको समयमा सम्पूर्ण प्रदेशवासीलाई दाल, चामल, तेल, तरकारी, ग्यास, डिजेल, पेट्रोललगायतका दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन उक्त सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र असहाय/अशक्तहरुलाई गरिने राहत वितरणमा प्रदेशस्तरीय तथ्याङ्क तयार गरी सोही तथ्याङ्कका आधारमा आपूर्ति व्यवस्था मिलाउन तथा छिटो, छरितो, पारदर्शी र प्रभावकारी रुपमा राहत वितरण गर्न पोर्टल सेवा सञ्चालनमा ल्याएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं प्रदेशस्तरीय आपूर्ति अनुगमन समितिका संयोजक विकास लम्सालले जानकारी दिनुभयो ।

“विद्युतीय माध्यमबाट सङ्कलित तथ्याङ्कले सहजतामा ठूलो सहयोग पुग्नेछ, मन्त्री लम्सालले भन्नुभयो”, यस विपद्को समयमा सम्पूर्ण प्रदेशवासीलाई आवश्यक पर्ने उपभोग्य वस्तुको विवरण माग र राहत वितरणका लागि सही तथ्याङ्क उपलब्ध हुने उहाँको विश्वास रहेको छ । उक्त विद्युतीय पोर्टल प्रयोग गर्न स्थानीय तहलाई अनुरोध गर्नुभयो ।

उपभोक्ताले आवश्यक खाद्य वस्तु तथा औषधिको माग गर्न सक्नेछन् भन्दै उहाँले स्थानीयवासीले युजर बनाई उपलब्ध गराएका फार्ममार्फत प्रदेशस्तरीय कोरोना भाइरससम्बन्धी विविध विवरण घटनागत आधारमा अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।

प्रदेशस्तरमा कार्यविधि तयार पारी सहज प्याकेज र राहत प्याकेजको व्यवस्था गर्दै प्रदेशका ११ जिल्लामा त्यो सामान पु¥याउने व्यवस्था गरिएको बताउँदै मन्त्री लम्सालले प्रदेशभित्र खाद्यान्न र राहतमा कहीँकतै समस्या नभएको स्पष्ट पार्नुभयो । उहाँले समस्या भएका स्थानीय तह तथा व्यक्तिले उक्त वेबसाइटमार्फत विवरण पेश गर्न तथा जानकारी गराउन सक्ने बताउनुभयो ।

कोरोना महामारीको कठिन अवधिमा प्रदेशभित्र रहेका स्वदेशी तथा विदेशी श्रमिक र असहाय÷अशक्तहरुलाई सम्बन्धित स्थानीय तहमार्फत राहत वितरण गर्न प्रदेश सरकारले रु छ करोड ५० लाख बजेटको व्यवस्था गरिसकेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न गरिएको बन्दाबन्दीका कारण गण्डकी प्रदेशका जनतामा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारले प्रदेशस्तरीय, जिल्ला, स्थानीय तहमा पालिकास्तरीय आपूर्ति अनुगमन समिति गठन भई काम गर्दै आएका छन् ।