१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा

नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
अ अ+ अ-

वासुदेव पौडेल, कास्की ।

“माछापुच्छे« फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकै पो पोखरा नै रैछ”

वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छे« हिमालले डुबुल्की मार्ने फेवातालका साथै यो ठाउँ प्रकृति र संस्कृतिले धनी छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकले पोखरा आएर यहाँका मनोरम प्राकृतिक छठाको रसस्वादन गर्ने गरेका छन् ।

प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी पोखरामा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक आउने गर्दछन् । दुई चार दिन बिदा हुँदासाथ पूर्वमेचीदेखि पश्चिम महाकालीका बालकदेखि वृद्धसम्मको घुम्न जाने पहिलो रोजाइ पोखरा बनिसकेको छ ।

विडम्बना नै भन्नुपर्छ प्रत्येक नेपाली नयाँ वर्षका अवसरमा विशेषतः आन्तरिक पर्यटकले भरिभराउ हुने पोखरा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनले यतिखेर भने सुनसान बनेको छ ।

पोखराको प्रमुख पर्यटकीय आकर्षण ‘लेकसाइड’ यतिखेर सुनसान छ भने पोखरामा धार्मिक पर्यटकीयस्थलमा दर्शनार्थी छैनन् । लकडाउनका कारण बाहिरी जिल्लाबाट आउने आन्तरिक पर्यटक त छैनन् नै, यहाँका स्थानीयवासी पनि लकडाउनका कारण घरघरमा नै रोकिएका छन् ।

पोखराको पर्यटकीय इतिहाससँग आरोहणकै जेठो हिमाल अन्नपूर्ण जोडिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ ९निट० गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताउनुभयो । उहाँका अनुसार सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको सफल आरोहण मौरिस हर्जोगको टाली आरोहणमा जाँदा आउँदा पोखरामा बसेका थिए ।

पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि चलायमान बनेको हो । अन्नपूर्ण हिमाल आरोहणको झण्डै डेढ दशकपछि सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गरेका थिए । त्यसयता यस क्षेत्रको पदयात्रा होस् वा हिमाल आरोहण हरेकमा पर्यटकले केही दिन विताएर तयारी गर्ने र फर्केपछि आराम गर्ने स्थलका रुपमा पोखरा विकास भएको उहाँले जानकारी दिनुभयो ।

विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमण र जारी लकडाउनका कारण पोखराको पर्यटककीय इतिहासमा पहिलो पटक यो पर्यटकविहीन बन्न पुगेको थापाले बताउनुभयो । सन् १९८० को दशकदेखि पोखराको फस्टाउँदै गएको पोखराको पर्यटनमा भूकम्प, नाकाबन्दी, हुदहुद, अन्नपूर्ण क्षेत्रका हिमपहिरो जस्ता विभिन्न व्यवधानले बेला बेलामा असर गरे पनि अहिलेको जस्तो भने यसअघि भोग्नु नपरेको पर्यटन व्यवसायी बताउँछन् ।

पोखरामा माछापुच्छ्रे« हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तूप, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट जस्ता धेरै स्थान छन् । यहाँका महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । यी स्थानका अतिरिक्त पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल महत्वपूर्ण स्थल हुन् ।

प्रत्येक नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटकले पोखरा भरिभराउ हुने गरेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । पोखरामा पर्यटक लक्षित होटेल ५०० भन्दाबढी सङ्ख्यामा रहेको जानकारी दिँदै उहाँले होटेल व्यसायमा मात्रै रु एक खर्बभन्दा बढी लगानी भइसेकेको बताउनुभयो । इतिहासमा नै पहिलो पटक पोखरा पर्यटकविहीन बनेको बताउँदै उहाँले कोरोना सङ्क्रमणको मारमा यहाँका व्यवसायी परिरहेको बताउनुभयो । उहाँका अनुसार पश्चिमाञ्चल होटेल सङ्घले वर्षेनी गर्दै आएको फेवा नववर्ष महोत्सव कोरोनाका कारण यस वर्ष स्थगन गरिएको छ ।

नयाँ वर्षमा पोखरा आउने पर्यटक विगतमा फेवातालमा डुङ्गा शयरका साथै तालका बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न जाने गर्दथे । अहिले भने लकडाउनका कारण यहाँका डुङ्गा व्यवसायीले फेवातालमा डुङ्गा सञ्चालन बन्द गरिसकेका छन् ।

नयाँ वर्षका साथै महत्वपूर्ण चाडपर्व र तिथि मितिमा ठूलै भीडाभाड हुने पोखराको विन्ध्यवासिनी मन्दिर आज भने सुनसान रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो । लकडाउनसँगै मन्दिरमा सर्वसाधारणका लागि पूजा अर्चनाका लागि रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

“प्रत्येक नयाँ वर्षमा निकै भिडभाड हुने विन्ध्यवासनी मन्दिर यसपटक भने सुनसान बनेको छ”, संस्कृतिविद्समेत रहेका श्रेष्ठले भन्नुभयो, “इतिहासमा नै पहिलो पटक पोखराका धार्मिक पर्यटकीय स्थल दर्शनार्थीविहीन बनेका छन् ।”