१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ सातापछि चीनमा एकैदिन भेटिए सयभन्दा बढी संक्रमित



अ+ अ-

काठमाडौं । चिनमा ५ सातापछि पहिलोपटक १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । आइतबार चीनमा १ सय ८ जना नयाँ संक्रमित फेला परेका हुन्।

चीनको नेसनल हेल्थ कमिसनले सार्वजनिक गरेको तथ्यांकअनुसार, एकै दिन पहिलोपटक १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् । संख्याको हिसाबमा अन्य मुलुकको तुलनामा यो ठूलो संख्या होइन । तर पछिल्लो केही दिनयता नयाँ संक्रमितले भने चीनको लागि टाउको दुखाइको विषय बन्न सक्छ ।

बीबीसीका अनुसार, चीनमा आइतबार पाइएका सबै संक्रमित विदेशबाट फर्किएका चिनियाँ नागरिक थिए । जसमध्ये आधाभन्दा धेरै उत्तरी प्रान्त हिलोगजियाङका मानिसहरु छन् । यो प्रान्त रुससँग जोडिएको प्रान्त हो । यो प्रान्तमा भेटिएका सबै संक्रमित रुसबाट आएका मानिसहरु थिए ।

भाइरसको उद्गमस्थल वुहानमा भने कुनै नयाँ संक्रमित फेला नपरेपनि वुहानमा आइतबार भाइरसको कारण दुईजनाको मृत्यु भएको छ । चीन सरकारले वुहानलाई भाइरसबाट सुरक्षित बनेको भन्दै खुला गर्ने निर्णय गरिसकेको छ ।

चीनमा यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या ८२ हजार एक सय ६० पुगेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय ४१ पुगेको छ ।