२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ सातापछि चीनमा एकैदिन भेटिए सयभन्दा बढी संक्रमित



अ+ अ-

काठमाडौं । चिनमा ५ सातापछि पहिलोपटक १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । आइतबार चीनमा १ सय ८ जना नयाँ संक्रमित फेला परेका हुन्।

चीनको नेसनल हेल्थ कमिसनले सार्वजनिक गरेको तथ्यांकअनुसार, एकै दिन पहिलोपटक १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् । संख्याको हिसाबमा अन्य मुलुकको तुलनामा यो ठूलो संख्या होइन । तर पछिल्लो केही दिनयता नयाँ संक्रमितले भने चीनको लागि टाउको दुखाइको विषय बन्न सक्छ ।

बीबीसीका अनुसार, चीनमा आइतबार पाइएका सबै संक्रमित विदेशबाट फर्किएका चिनियाँ नागरिक थिए । जसमध्ये आधाभन्दा धेरै उत्तरी प्रान्त हिलोगजियाङका मानिसहरु छन् । यो प्रान्त रुससँग जोडिएको प्रान्त हो । यो प्रान्तमा भेटिएका सबै संक्रमित रुसबाट आएका मानिसहरु थिए ।

भाइरसको उद्गमस्थल वुहानमा भने कुनै नयाँ संक्रमित फेला नपरेपनि वुहानमा आइतबार भाइरसको कारण दुईजनाको मृत्यु भएको छ । चीन सरकारले वुहानलाई भाइरसबाट सुरक्षित बनेको भन्दै खुला गर्ने निर्णय गरिसकेको छ ।

चीनमा यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या ८२ हजार एक सय ६० पुगेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय ४१ पुगेको छ ।