२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो ।

सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको सोमबार विहानसम्म ९ हजार १५२ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । सोमबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३५ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३०८ पुगेको छ ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ९८५ जना पुगेको सोमबार विहान प्राप्त समाचारमा जनाइएको छ ।

महाराष्ट्रमा मात्र १४९ जनाको ज्यान गएको बताइएको छ । यहाँका २१७ जना उपचारपछि घर फर्किएका छन् । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

भारतमा देखिएका यी संक्रमितहरुमध्ये ८५७ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ८ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार १५४ जना संक्रमित रहेका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी तमिलनाडु राज्यमा छन् । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या सोमबार बिहानसम्म १ हजार ७५ जना पुगेको छ । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका हुन् ।