५ पुष २०८२, शनिबार
,
Latest
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न



अ+ अ-

भादगाउँ । बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ ।

तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा निकालिएको हो ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारहरूले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गर्नुका साथै स्थानीय क्वालखु द्य: ९बालकुमारी देवी०को परिसरमा भुइँफर्सीअर्थात् कुभिण्डो मार हानेपछि जात्रा सम्पन्न भएको थियो ।

तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल ९तल्लो टोल०को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थिमि लाय्कुका पमा नायो ९प्रधान नाइके० श्यामकाजी श्रेष्ठले बताउनुभयो ।

जात्राको क्रममा बडादसैँको महानवमीमा तलेजु भवानीलाई बलि चढाएको ख:म्ये ९राँगा०को टाउको, कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइएको श्रेष्ठले जानकारी दिनुभयो ।

विशेषगरी यो जात्रामा नायो पमां ९तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका०, कर्माचार्य, जोशी, कुटु, प्याथ: ९प्रजापति०, खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ । जात्रामा ख:म्येको टाउकोको साथमा हिकोँचा ९रगत भरिएको घ्याम्पा० समेत नगर परिक्रमा गराई प्रदर्शन गरिएको थियो । जात्रा सम्पन्न भएपछि खड्गी समुदायले बोकेर प्रदर्शन गरिएको हिकोँचा पूजा गरेर भेँडा बलि दिएर भोज खाने परम्परा रहेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

जात्राका अवसरमा बालकुमारीमा भुइँफर्सी (कुभिण्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको भुइँफर्सी प्रसादको रूपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । सोही विश्वासका कारण मार हानेको भुइँफर्सी लिन स्थानीयको तछाडमछाड हुने गर्दछ । जात्राको अन्तिममा भुइँफर्सी मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु जात्रा’ पनि भनिन्छ ।

मल्लकालीन समयमा तत्कालीन थिमि राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) थियो । थिमिको धार्मिक तथा सांस्कृतिक जात्रा पर्वमा लाय्कु प्रमुखको उपस्थिति अनिवार्य मानिन्छ । लाय्कु प्रमुखलाई नायो पमा: र अन्य सहायकलाई पमा: भनिन्छ । लाय्कुको नायो पमा: नेपाल सरकारको गुठी संस्थानले नियुक्त गर्ने परम्परा रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । हाल थिमि लायकुका नायो पमा: श्यामकाजी श्रेष्ठ हुन् ।

थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथ:, खड्गी, कपाली तथा अन्य समुदायको आबद्धता थियो । श्रेष्ठ थर मध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आबद्धता दरबारिया प्रशासकको रूपमा र कुटुरप्याथ: समुदाय सैनिकको रूपमा दरबारमा थिए भने खड्गी समुदायले खाँसम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रूपमा काम गर्थे । रासस