२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गर्नुभएको छ ।

राष्ट्रियसभाका सदस्यसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुराको घोषणा गर्नुभएको हो । प्रवक्ता श्रेष्ठले राष्ट्रियसभा सदस्यका रुपमा प्राप्त गर्ने दुई महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोभिड– १९ राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी अहिले कोभिड– १९ र उत्पन्न सङ्कटको सामाना गरिरहेका छौँ । यसबेला एकताबद्ध भई आआफ्नो ठाँउबाट भूमिका खेल्न जरुरी छ ।” प्रवक्ता श्रेष्ठ ट्वीटरमा अगाडि लेख्नुहुन्छ, “यस स्थितिमा राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड– १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।”