१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गर्नुभएको छ ।

राष्ट्रियसभाका सदस्यसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुराको घोषणा गर्नुभएको हो । प्रवक्ता श्रेष्ठले राष्ट्रियसभा सदस्यका रुपमा प्राप्त गर्ने दुई महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोभिड– १९ राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी अहिले कोभिड– १९ र उत्पन्न सङ्कटको सामाना गरिरहेका छौँ । यसबेला एकताबद्ध भई आआफ्नो ठाँउबाट भूमिका खेल्न जरुरी छ ।” प्रवक्ता श्रेष्ठ ट्वीटरमा अगाडि लेख्नुहुन्छ, “यस स्थितिमा राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड– १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।”