२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्य–सचिवको पहलमा ६ सय परिवारलाई राहत



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालको पहलमा कोरोना भाइरस (कोभिड- १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न परिवारलाई सोमबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।

सदस्य–सचिव सिलवालको अनुरोधमा द्घारिका होटल र नोबेल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ६ सय परिवारलाई राहतको व्यवस्था मिलाएको हो । लक्षित वर्गलाई चामल, नुन, तेल, दाल, गेडागुडी र चिउरा प्रदान गरिएको थियो ।

वडा पदाधिकारीको उपस्थितिमा सदस्य–सचिव सिलवाल, नोबेलका अध्यक्ष नवराज पाण्डे, वडा अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजको हातामा राहत वितरण गरे । गत शुक्रबार पनि सदस्य–सचिव प्रमुख कार्यकारी अधिकृत रहेको शैक्षिक संस्था गोल्डेनगेट र सदस्य–सचिव सिलवाल नै अध्यक्ष रहेको संस्था हिसान तथा त्रिकृति कोलोनीले वडा ९ कै ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरिएको थियो । त्यसमा ४ सय राहत सामाग्री गोल्डेनगेटको थियो ।