२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनसिटी अपार्टमेन्ट काँडाघारीका तीन जनामा कोरोना पोजेटिभ



अ+ अ-

बलराम प्यासी, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ काँडाघारी, पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीलाईकोरोना पोजिटिभ देखिएको प्रहरीले जनाएको छ ।

र्यापिड डाईग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको र प्रहरीको पहलमा उनीहरुलाई सोमबार साँझ नै पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।गत चैत ५ गते बेलायतबाट फर्केका दुईजनाले परिवारकै तेस्रो व्यक्तिलाई सारेको प्रहरीको अनुमान छ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि दुर्गाराज रेग्मीले कोरोना पोजेटिभ देखिएका तीनैजनालाई पाटन अस्पतालमा आइसोलेशनमा पठाइएको पुष्टी गरे । उनका अनुसार सनसिटी अपार्टेमेन्टलाई प्रहरीले सील गरेको छ ।

नयाँवर्ष २०७७ को पहिलो दिनमै काठमाडौं महानगरपालिकाको ३२ नं वडासंग जोडिएको कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमणका विरामी देखिएपछि त्यस क्षेत्र साँझदेखि नै आतंकित बनेको छ ।

चैत ५ गतेदेखि आएर त्यसक्षेत्रमा बसेका सो परिवारले त्यस अपार्टमेण्ट र पेप्सीकोलाको बजार क्षेत्रमा अन्य स्वस्थ व्यक्तिलाई पनि संक्रमण फैलाएको आशंका गरिएको छ भने सरकारले त्यसक्षेत्रका वासिन्दाहरु सबैको तत्काल कोरोना परिक्षण गर्नुपर्ने माग बढ्न थालेको छ ।