१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

सनसिटी अपार्टमेन्ट काँडाघारीका तीन जनामा कोरोना पोजेटिभ

सनसिटी अपार्टमेन्ट काँडाघारीका तीन जनामा कोरोना पोजेटिभ
अ अ+ अ-

बलराम प्यासी, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ काँडाघारी, पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीलाईकोरोना पोजिटिभ देखिएको प्रहरीले जनाएको छ ।

र्यापिड डाईग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको र प्रहरीको पहलमा उनीहरुलाई सोमबार साँझ नै पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।गत चैत ५ गते बेलायतबाट फर्केका दुईजनाले परिवारकै तेस्रो व्यक्तिलाई सारेको प्रहरीको अनुमान छ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि दुर्गाराज रेग्मीले कोरोना पोजेटिभ देखिएका तीनैजनालाई पाटन अस्पतालमा आइसोलेशनमा पठाइएको पुष्टी गरे । उनका अनुसार सनसिटी अपार्टेमेन्टलाई प्रहरीले सील गरेको छ ।

नयाँवर्ष २०७७ को पहिलो दिनमै काठमाडौं महानगरपालिकाको ३२ नं वडासंग जोडिएको कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमणका विरामी देखिएपछि त्यस क्षेत्र साँझदेखि नै आतंकित बनेको छ ।

चैत ५ गतेदेखि आएर त्यसक्षेत्रमा बसेका सो परिवारले त्यस अपार्टमेण्ट र पेप्सीकोलाको बजार क्षेत्रमा अन्य स्वस्थ व्यक्तिलाई पनि संक्रमण फैलाएको आशंका गरिएको छ भने सरकारले त्यसक्षेत्रका वासिन्दाहरु सबैको तत्काल कोरोना परिक्षण गर्नुपर्ने माग बढ्न थालेको छ ।