२१ श्रावण २०८३, बिहीबार
,
Latest
धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’



अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ ।

त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् ।

उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भन्नुभयो,“यो ठाउँ आफैँमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ” । त्यसैमा गौतमबुद्धको मूर्ति निर्माण गरेर शोभा बढाएपछि पर्यटकको आकर्षण पनि बढेको छ ।”

त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, खरायोका बच्चा, चित्तललगायत जनवारसँग पनि छन् । त्यसैले पनि पर्यटकलाई रमाउन सहज भएको छ । यहाँ रहेको पोखरीमा डुङ्गाको व्यवस्था छ । तीन वटा डुङ्गामा सयर गर्ने व्यवस्था गरिएको छ ।

पोखरीमा माछा पालन गरिएको छ, जहाँ हाल पाँच हजार माछा रहेका अध्यक्ष भण्डारीले बताउनुभयो । त्यहाँ रहेको हात्ती, गैँडाको प्रतिमाले पनि उत्तिकै रौनक थपेको उहाँले बताउनुभयो । हाल रङ्गौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ । त्यो निर्माण भएमा अझै आकर्षण बढ्ने अध्यक्ष भण्डारीको विश्वास छ ।

“हामीले यहाँ घोडा पनि व्यवस्था गरेका छौँ । भित्र विभिन्न प्रजातिका फूलहरू छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ । चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । पिङ, स्वीमिङदेखि बच्चाहरूले खेल्ने हरेक सामग्री राखेका छौँ”, उहाँले भन्नुभयो ।

भण्डारीका अनुसार यहाँ दैनिक चार सयदेखि पाँच सय जनाले अवलोकन गर्छन् । चाडपर्व र बिदाको समयमा भने दैनिक दुई/तीन हजार बढीले अवलोकन गर्ने गरेको उहाँले सुनाउनुभयो । यसरी सरदर वार्षिक दुई लाखभन्दा बढी पर्यटकहरुले गणेशपुर पार्कको अवलोकन गर्ने गरेका भण्डारीले बताउनुभयो ।

यहाँ बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थीलाई ५० प्रतिशत छुट र अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु ३० को टिकेट काट्नुपर्छ ।

त्यो स्थान कुनै समय अतिक्रमणमा परेको थियो । राष्ट्रिय वन क्षेत्र हुँदा मानिसले त्यसलाई अतिक्रमण गरेर घर बनाउन खोजिरहेको थिए, तर स्थानीयले अतिक्रमणलाई रोके र रुख रोपे । रुख हुर्किएपछि जग्गा संरक्षण भयो । पछि त्यो वनलाई श्री गणेश सामुदायिक वन बनाइएको हो ।

विसं २०५९ मा स्थानीय हरि रिजालको नेतृत्वमा यसको काम अगाडि बढेको थियो । पछि इञ्जिनियर वासुदेव रिजालले त्यसलाई रेखाङ्कन गरेपछि त्यहाँ पार्क निर्माणको काम भएको जनाइएको छ । “शान्तिको कामनासहित पर्यटकीयस्थल बनाउने परिकल्पनासहित काम अघि बढेको थियो । त्यतिबेला मुलुक जनयुद्ध उत्कर्षमा थियो, जनयुद्धको स्थल पनि साविक राप्ती थियो”, अध्यक्ष भण्डारीले भन्नुभयो, “त्यसैले साविक राप्तीबाटै शान्तिको कामना गर्ने र पर्यटक पनि वृद्धि गर्ने उद्देश्यले त्यो पार्क निर्माण गरेका हौँ ।”