१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कोभिड–१९ संक्रमण रोक्न स्वास्थ्य मन्त्री ढकालको ‘टी’ रणनीति

कोभिड–१९ संक्रमण रोक्न स्वास्थ्य मन्त्री ढकालको ‘टी’ रणनीति
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छवटा रणनीति सार्वजनिक गरेका छन् । नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले छ ‘टी’को सूत्रबाट बन्ने आफ्नो रणनीति सार्वजनिक गरेका हुन् । यसअनुसार ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, ट्रेसिङ, ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् । उनले सारेको पहिलो रणनीतिमा ट्राभल रेष्ट्रिक्शन रहेको छ । मन्त्री ढकालका अनुसार उक्त रणनीतिका अनुसार यसका लागि आवतजावत बन्द गर्ने नै हो । यसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । चैत ११ गतेदेखि गरिएको लकडाउन एक व्यक्तिबाट अर्को व्यक्तिमा सक्रमण नसरोस् भन्नाका लागि गरिएको उनले स्पष्ट पारे ।

‘हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि साबित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्यांकन गर्छु’, उनले सन्देशमा भनेका छन् । यसैगरी मन्त्री ढकालले सार्वजनिक गरेको दोस्रो टेष्टिङ रणनीति हो । यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि आवश्यकताअनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा आधारमा आफूहरुले कार्यविधि बनाई व्यवस्थित गरेको जानकारी गराए ।

उनले मन्त्रालयको हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरैभन्दा धेरै व्यक्तिलाई सो दायरामा ल्याई परीक्षण गर्नु रहेको बताए । तेस्रो रणनीतिमा टे«सिङ रहेको छ । ट्रेसिङमा संक्रमित व्यक्तिका परिवार नजीकका व्यक्तिहरु जोसँग ती संक्रमित नजीकको सम्पर्कमा आएका व्यक्तिलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । मन्त्री ढकालले धेरैजसो संक्रमितहरुको ट्रेसिङ कार्य पूरा गरिसकेका भन्दै पछिल्लो समयमा पहिचान भएका संक्रमितको टे«सिङ कार्य भइरहेको जानकारी दिए । यसैगरी मन्त्रीले सार्वजनिक गरेको चौथो रणनीति ट्र्याकिङ हो । यसमा सम्भावित संक्रमित र संक्रमित व्यक्तिको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्र्याकिङ कार्य हो ।

उनका अनुसार यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेबसाइटमार्फत ट्र्याकिङ कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे÷नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । मन्त्री ढकालले यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको तथा स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु तथा सुरक्षाकर्मीहरु खटिएका छन् । मन्त्री ढकालले पाँचौ रणनीतिमा ट्रिटमेन्टलाई लिएका छन् । यसअनुसार संक्रमित १४ जनाको उपचार भइरहेको छ । उनले सम्भावित संक्रमणको सख्या आंकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन मन्त्रालयले आफ्नो रणनीति तय गरेको जानकारी दिए ।

कोरोना संक्रमणको उपचारका लागि काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पताललाई तोकिएको भन्दै कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निःशुल्क गर्ने प्रबन्ध गरिएको बताए । ‘कोरोना संक्रमणबाहेकका आकस्मिक सेवा र निरन्तर उपचारका क्रममा रहेका बिरामी थप समस्यामा नपरून् र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेका छौँ’, उनले सन्देशमा भनेका छन् । मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न अन्तिम रणनीतिका रुपमा टुगेदरलाई लिएका छन् । कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न मन्त्रालय मात्र होइन, सिंगो देश नै लागिपरेको उनले बताए ।

उनका अनुसार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, जनसख्या मन्त्रालयमा विभिन्न तहमा कमिटी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । उनले कोभिड–१९ को थप संक्रमणबाट मुलुकलाई मुक्त राख्न सबैको सहकार्यले सफलता प्राप्त हुने बताए । संक्रमणको विकासक्रमसँगै यसलाई रोकथाम र नियन्त्रण गर्न आफूले पनि रणनीतिलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिए ।

यस चुनौतीको सामना हामी सबै एकजुट भई काम गरेरमात्र सम्भव छ रहेको उल्लेख गर्दै भने, ‘देशलाई महामारीबाट बचाऊँ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाइँमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ ।’ उनले कोरोना संक्रमणविरुद्धको लडाइँमा अग्रमोर्चामा नेतृत्व गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गराउनु राज्यको पहिलो प्राथमिकता रहेकाले चिकित्सक र स्वास्थ्यकर्मीका बारेमा अत्यन्त सचेत रहेको बताए । सौर्य दैनिक