१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग नेपाल सरकारको आग्रह

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग नेपाल सरकारको आग्रह
अ अ+ अ-

काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको आग्रह मन्त्री ज्ञवालीले गरे ।

अत्यावश्यक दैनिक उपभोग्य सामग्री र औषधिजन्य वस्तुहरु सहजरूपमा नेपालतर्फ आपूर्ति गर्न नेपाल–चीन सीमानाका पुनः खोल्न चीन सरकार सहमत भएकामा उनले धन्यवाद ज्ञापन गरे। त्यस्तै चीनको वुहानबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन तथा चीनमा रहेका नेपालीको हेरविचार गरेकामा कृतज्ञता व्यक्त गर्नुका साथै चीनको केन्द्रीय सरकार, त्यहाँको प्रान्तीय सरकार, सामाजिक सङ्घ–सङ्गठन एवं परोपकारी संस्थाले नेपाललाई निरन्तर औषधि, उपकरण उपलब्ध गराएकामा त्यसको सराहना गरे । मन्त्री ज्ञवालीले नेपालमा रहेका चिनियाँ नागरिकको हित र हेरचाहमा पनि सरकारले ध्यान दिने बताए ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले तत्काल चालेको सुदृढ कदमको चिनियाँ विदेशमन्त्रीले प्रशंसा गर्दै त्यसमा आफ्नो देशको सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सरकार–सरकार (जीटुजी)बीच औषधि, उपकरण खरिदमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । चीनमा कोरोनाको महामारी फैलिएका बेला नेपाल सरकारले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि चीन सरकार र आफ्नो देशका जनताका तर्फबाट धन्यवाद दिए ।

दुवै देशका विदेशमन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनेबारेमा पनि विचारविमर्श गरेका थिए । गोरखापत्र दैनिक