१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन कम्तीमा एकहप्ता थपिने, अझै कडा बनाइने



अ+ अ-

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक अहिले बिहान ११ बजे बस्ने तय भएको छ । सो बैठकले देशमा हाल जारी रहेको लकडाउनको अवधि कम्तीमा एक हप्तादेखि दश दिनसम्म थप्ने भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले यसअघि भोलि ३ गते राति ११ बजेसम्मका लागि लकडाउनको अवधि जारी गरेको थियो । तर पनि यस बीचमा वीरगन्ज, कैलाली, काठमाडौँलगायतका स्थानमा कोरोनाका थप विरामी देखिएकोले आगामी कम्तीमा एक हप्ता र बढीमा १० दिनका लागि लकडाउनको अवधि थप्ने तयारी सरकारले गरेको हो ।

फाइल तस्बिर

यसैबीच बालुलाटार स्रोतबाट प्राप्त अर्को एक समाचारमा अब थपिने लकडाउनको अवधिमा अवस्था झन् कडा बनाइने भएको छ । हाल नेपालका विभिन्न स्थानमा लकडाउनको उल्लंघन भएका त कतै लकडाउनका बीचमा पनि भिडभाड भएका समाचारहरु आइरहेकोले अब थपिएको अवधिमा लकडाउनको पालनालाई थप कडा पारिने बताइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको बताइएको छ ।