२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन कम्तीमा एकहप्ता थपिने, अझै कडा बनाइने



अ+ अ-

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक अहिले बिहान ११ बजे बस्ने तय भएको छ । सो बैठकले देशमा हाल जारी रहेको लकडाउनको अवधि कम्तीमा एक हप्तादेखि दश दिनसम्म थप्ने भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले यसअघि भोलि ३ गते राति ११ बजेसम्मका लागि लकडाउनको अवधि जारी गरेको थियो । तर पनि यस बीचमा वीरगन्ज, कैलाली, काठमाडौँलगायतका स्थानमा कोरोनाका थप विरामी देखिएकोले आगामी कम्तीमा एक हप्ता र बढीमा १० दिनका लागि लकडाउनको अवधि थप्ने तयारी सरकारले गरेको हो ।

फाइल तस्बिर

यसैबीच बालुलाटार स्रोतबाट प्राप्त अर्को एक समाचारमा अब थपिने लकडाउनको अवधिमा अवस्था झन् कडा बनाइने भएको छ । हाल नेपालका विभिन्न स्थानमा लकडाउनको उल्लंघन भएका त कतै लकडाउनका बीचमा पनि भिडभाड भएका समाचारहरु आइरहेकोले अब थपिएको अवधिमा लकडाउनको पालनालाई थप कडा पारिने बताइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको बताइएको छ ।